+
+
Shares

नुवाकोटमा बाबु-छोराको झगडा रोक्न खोज्दा झाँक्रीको मृत्यु

रामहरि गजुरेल रामहरि गजुरेल
२०८२ माघ १४ गते १५:३५
प्रतीकात्मक तस्वीर

१४ माघ,  नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा बाबु-छोराबीचको झगडा रोक्न खोज्दा एक जनाको ज्यान गएको छ ।

दुप्चेश्वर-१ स्थित घ्यावरचौरका ३५ वर्षिय रणबहादुर तामाङको मंगलबार राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

प्रहरीका अनुसार तामाङ छिमेकी ५२ वर्षिय वाङ्दी शेर्पाको घरमा बिरामीको झारफुक गर्न गएका थिए । त्यही समयमा वाङ्दी र उनका २५ वर्षका छोरा कुन्साङ ग्याल्जेनबीच आपसी झगडा भएको थियो । झगडा रोक्न खोज्दा झाँक्री तामाङको ज्यान गएको छ ।

घटना लगत्तै प्रहरी निरीक्षक लोकराज पाठकको नेतृत्वमा इलाका प्रहरी कार्यालय खरानीटार र समुन्द्रटारबाट खटिएको प्रहरी टोलीले बाबु-छोरा दुवै जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटको हिरासतमा रहेका उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?