+

तनावपुर्ण खेलमा एनआरटीले संकटालाई हरायो, दुई खेलाडीलाई रातो कार्ड

२०८२ माघ  १५ गते १६:५९ २०८२ माघ १५ गते १६:५९
तनावपुर्ण खेलमा एनआरटीले संकटालाई हरायो, दुई खेलाडीलाई रातो कार्ड

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय लिग फुटबलमा न्युरोड टिमले संकटालाई ३-१ ले पराजित गर्दै लगातार चौथो जित हासिल गरेको छ ।
  • खेलमा दुई खेलाडीले रातो कार्ड पाए, संकटाका टाय ड्यानिए ब्राडारु र न्युरोडका टिमोथी ओकेकरेकले मैदान छाडेका थिए ।
  • न्युरोड डर्बीमा दर्शक संख्या २२५ मात्र थियो र प्रशिक्षकहरूले फ्यान इनगेजमेन्ट बढाउन ग्रासरुट र मर्चन्डाइजिङ आवश्यक भएको बताएका छन् ।

१५ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत बिहीबार एन्फा कम्प्लेम्समा भएको न्युरोड डर्बीमा न्युरोड टिम (एनआरटी) ले स्कटा क्लबलाई ३-१ ले हरायो । लिगमा एनआरटीको यो लगातार चौथो जित हो ।

कप्तान कृतिश रत्न छुन्जुले खेलको १०औं मिनेटमा गोल गर्दै एनबरटीलाई अग्रता दिलाएका थिए ।

संकटाका गिल्बर्ट बिल्गले ५१औं मिनेटमा आत्मघाती गोल गरेपछि एनआरटीले अग्रता दोब्बर बनायो ।

संकटाका कृष्ण बहादुर आलेले ५६औं मिनेटमा गोल गर्दै गोल अन्तर घटाएका थिए । टिमोथी ओकेकरेकले ६७औं मिनेटमा एनआरटीका लागि तेस्रो गोल गरे ।

राष्ट्रिय लिगमा पहिलो खेलमा मछिन्द्र एफसीसँग पराजित भएपछि एनआरटीको यो लगातार चौथो जित हो । एपीएफ र मछिन्द्र समान नै एनआरटीले १२ अंक जोडेको तर एनआरटीले एक खेल बढी खेलेको छ ।

संकटाको भने पाँच खेलमा यो दोस्रो हार हो । ५ खेलबाट ५ अंकसहित संकटा सातौं स्थानमा छ । सुरुवाती तीन खेलमा अपराजित संकटा पछिल्ला दुई खेलमा लगातार पराजित भएको छ ।

दुई खेलाडीलाई रातो कार्ड

तर खेल नतिजामा देखिएको जस्तो मात्र थिए । यस खेलमा दुई खेलाडीले रातो कार्ड पाए । रेफ्रि नविन्द्र महर्जनले रातो कार्ड देखाउँदा खेल तनावपूर्ण पनि बन्यो ।

खेलपछि दुवै टिमका मुख्य प्रशिक्षकले पनि रेफ्रीको निर्णय सहि नभएको प्रतिक्रिया दिएको थियो ।

संकटाका टाय ड्यानिए ब्राडारुले २४औं मिनेटमा रातो (दोहोरो पँहेलो) कार्ड सामना गर्दै मैदान बाहिरिएका थिए । खेलको तेस्रो मिनेटमै पहेँलो कार्ड पाएका उनलाई चाँडै अर्को पहेँलो कार्ड देखाइएको संकटाका मुख्य प्रशिक्षक रविन्द्र सिलाकारको आरोप थियो । ‘तेस्रो मिनेटमै रातो कार्ड पाएपछि उसलाई अर्को कार्ड दिनुअघि पार्निङ दिनुपर्थ्यो । तर बाहिरबाट फोर्थ अफिसियलले रेड भने रेफ्रीले रेड कार्ड दिए ।’

यस्तै दोस्रो हाफमा एनआरटीका टिमोथीलाई ८६औं मिनेटमा पहिलो पहँलो कार्ड देखाइएको थियो । त्यसपछि उनले रेफ्रीसँग प्रतिवाद गर्दै विपक्षी खेलाडीहरुसँग भिड्न अघि बढेपछि रेप्रीले दोस्रो पहेँलो कार्डसहित रातो कार्ड देखाए ।

टिमोथील रातो कार्ड सामना गरेपछि आफूलाई किन कार्ड देखाइयो भन्दै चिच्याइरहेका थिए । उनला२ टिममेटले सम्झाउँदै मैदान बाहिर पठाएका थिए ।

यस्तै एनआरटीका मुख्य प्रशिक्षक जिवन सिन्केमानले रेफ्रीको निर्णयले टिमलाई घाटा लाग्ने बताए ।

‘रेफ्रीहरुले प्रेसर ह्यान्डल गर्न सक्नुपर्छ ।’

टिमोथीले रातो कार्ड पाएपछि अर्को खेल गुमाउनेछन् । यस्तै मनिष डाँगी पनि इन्जुरीका कारण अहिले खेल्न सकेका छैनन् ।

अन्जन विष्ट एनआरटीको टिम लिस्टमा भएपनि उनको नाम सब्सिच्युटमा मात्र छ । मैदान उत्रिएका छैनन् । महत्वपूर्ण खेलाडीहरु घाइते हुँदा आउने खेलहरुमा कठिन हुने सिन्केमानले बताए ।

यता संकटाका मुख्य प्रशिक्षक रविन्द्र सिलाकारले अहिले सिस्टममा खेल्ने भन्दा पनि फिजिकल गेम बढी भएको बताए ।

उनले दशरथ रंगशालमा खेल्दा केही सहज हुने भएपनि च्यासल रंगशाला र एन्फा कम्प्लेक्स मेदानमा खेल्ने फिजिकल्ली बलियो टिमले डोमिनेट गर्ने बताए ।

‘खेलाडीहरुसँग सिस्टममा कसरी खेल्ने भन्दा पनि फिजिलकल च्यालेन्ज देखियो । हाम्रो टिम मात्र होइन मैले १७ वटै टिममा सिस्टममा खेल्ने देखिँदैन । खेलाडीले डिफेन्ड गर्दा सिस्टमा भन्दा पनि इन्डिभिडुएल च्यालेन्ज गर्छ ।’

न्युरोड डर्बीको छैन चार्म

एन्फाले सार्वजनिक गरेको अफिसियल म्याच रिपोर्ट अनुसार एनआरटी र संकटाबीचको ‘न्युरोड डर्बी’को खेल हेर्न जम्मा २२५ दर्शक एन्फा कम्प्लेम्समा उपस्थित थिए ।

कुनै बेला एनआरटी र संकटाबीचको खेल हुँदा दर्शकहरुको लाइन लाग्ने प्रसंग अहिले कथा जस्तै बनिसकेको छ । राष्ट्रिय लिगमा दर्शकहरुको न्यु उपस्थित भइरहेको बेला न्युरोड डर्बीले पनि दर्शकलाई मैदानसम्म तान्न सकेन ।

एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले अश दर्शक नहुँदा पनि खेल्ने बानी परिसकेको बताए । ‘साँच्दै भन्दा दर्शकमा बिना खेल्न बानी नै परिसकेको छ । किनभने हाम्रो त्यो खालको वातावरण ने क्रिएट गर्न सकेको छैन, उनले खेलपछि पोष्ट म्याच कन्फेरेन्समा भने, ‘जिल्लाहरुमा छुट्टै माहोल छ । काठमाडौंमा फ्यानहरुमा इन्थुजियाजम छैन । फ्यानहरुमा त्यो खालको संस्कार देखाउन सकेको छैन ।’

फ्यानहरुलाई आकर्षिक गर्नका लागि ग्रासरुटमा जानेदेखि मर्चन्डाइज बनाउनेसम्मको काम गर्नुपर्ने सिन्केमानले बताए । ‘त्यही भएर ग्रासरुटमा युथमा कम्युनिटीमा कसरी इनगज गराउने मर्चेन्डाइजिङ कुरा आउँछ । त्यसले गर्दा फ्यान इनगेजमेन्ट हुने हो । पहिला थ्यो भनेर अहिले हुनै पर्छ भन्ने छैन । किनभने पहिला भएको चिजलाई काम गर्दै जानुपर्‍यो । त्यसमा मेनटेन गर्न सक्नुपर्छ ।’

यस्तै संकटा क्लबका मुख्य प्रशिक्षक रविन्द्र सिलाकारले विगतमा खेलाडीहरुले क्लबलाई इज्जत गरेर खेल्ने गरेको र अहिले फुटबल व्यावसायिकतातर्फ गएपनि त्यस्तो माहोल नबनिसकेको बताए ।

‘अहिले संकटा क्लबका अफिसियलहरुले पनि हिजोको दिनमा फुटबल खेल्दै गर्दा उहाँहरुले क्लबलाई इज्जतको रुपमा लिनुहुन्थ्यो । जुनसुकै अवस्थामा पनि मरेर खेल्ने,’ उनले भने, ‘अहिले प्रोफेसनल फुटबल विकास भयो तर सेमि प्रोफेसनल भयो । खेलाडीहरुले सेवा सुविधा लिनुपर्ने बेला बेला म प्रोफेसनल हो भन्ने तर आफूले दिने बेला त्यो हुन सकेन ।’

एनआरटी राष्ट्रिय लिग संकटा क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय