News Summary
Generated by OK AI. Editorially reviewed.- एनसेलले आइएसओ २७००१:२०२२ र २७७०१:२०१९ को आफ्नो मान्यता नवीकरण गराएको छ।
- नवीकरणले ग्राहकको सूचना सुरक्षा र डेटा गोपनीयतामा कम्पनीको नेतृत्वदायी स्थान सुदृढ बनाएको छ।
- आईएसओ मापदण्ड अनुसार अडिटरले एनसेलको सूचना सुरक्षा तथा डेटा गोपनीयता प्रक्रिया उपयुक्त रहेको पुष्टि गरेको छ।
१५ माघ, काठमाडौं । एनसेलले प्रतिष्ठित ‘आइएसओ २७००१:२०२२ (आईएसएमएस) र २७७०१:२०१९ (पीआईएमएस) को आफ्नो मान्यता नवीकरण गराएको छ ।
यो नवीकरणले ग्राहकको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गर्दै कम्पनीको सूचना सुरक्षा र डेटा गोपनीयतामा रहेको नेतृत्वदायी स्थानलाई थप सुदृढ बनाएको छ । गत वर्ष एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआईएमएस) प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको थियो ।
यो मान्यता र यसको नवीकरणले ग्राहकको सूचना सुरक्षा सुनिश्चित गर्ने एनसेलको प्रतिबद्धता पुष्टि गरेको छ । नवीकरण प्रक्रिया अनुसार आईएसओद्वारा तोकिएकोे निकाय मार्फत अडिटर नियुक्त गरी एनसेलमा सर्भिलेन्स अडिट गरिएको थियो ।
आईएसओ मापदण्ड अनुसार मूल्यांकन गर्दै अडिटरले एनसेलका सूचना सुरक्षा तथा डेटा गोपनीयता सम्बन्धी सुशासन प्रक्रिया आईएसओद्वारा निर्धारित मापदण्ड अनुरूप रहेको पुष्टि गरेको हो । यी मान्यता आगामी एक वर्षसम्म मान्य रहनेछन् ।
नवीकरण भएका यी मान्यताको स्कोप ग्राहक डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेसमा छन् । यसले एनसेलले गोपनीयता सुनिश्चित गर्ने अभ्यासमा उच्चतम मापदण्ड पूरा गरेको प्रष्ट पार्दछ । यी अन्तर्राष्ट्रिय मान्यताले ग्राहकका लागि सुरक्षा थप मजबुत बनाउँदै उनीहरूलाई आफ्नो व्यक्तिगत र संवेदनशील जानकारी एनसेलमा सुरक्षित रहेको प्रत्याभूति प्रदान गर्दछ ।
त्यस्तै उनीहरूका जानकारी अत्यन्तै सावधानी र उत्तरदायित्व साथ कम्पनीले व्यवस्थापन गर्दै आएको प्रमाणित गर्दछ । ग्राहक र साझेदारका डाटा साइबर थ्रेट र अनधिकृत पहुँचबाट जोगाउन एनसेलले सशक्त उपाय कार्यान्वयन गरेको आईएसओ २७००१ मान्यताले सुनिश्चित गर्दछ ।
त्यसैगरी आईएसओ २७७०१ ले व्यक्तिगत डेटा सुरक्षा गर्न, उल्लंघन जोखिम कम गर्न र गोपनीयतामा उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यास अनुपालन गरेको सुनिश्चित गरेको छ । आईएसओ मापदण्ड पालना गरेर एनसेलले ग्राहकलाई उनीहरूको डाटा व्यवस्थापनमा अन्तर्राष्ट्रिय मापदण्ड प्रक्रिया पूरा गर्दै एक सुरक्षित प्रणालीले संरक्षण गरिरहेको सुनिश्चित गर्दछ ।
प्रतिक्रिया 4