+
+
Shares

सुनको सिक्री चोरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते ९:२९

धनगढी । अछामको साँफेबगर नगरपालिका ४ छिपेखोलामा सुनको सिक्री चोरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको पकाहा मैनपुर गाउँपालिका–५ बस्ने ३१ वर्षीय उमेश राय छन् ।

रास्वपाका वरिष्ठ नेता बालेन शाह सहभागी कार्यक्रम हेर्न गएकी साँफेबगर नगरपालिका–५ नौंठाना बस्ने ४० वर्षीया सत्यदेवी कुँवरले घाँटीमा लगाएको १२ दशमलव १७ ग्राम तौलको सुनको सिक्री चोरेको आरोप उनीमाथि छ ।

सिक्री हराएको सूचनापछि इलाका प्रहरी कार्यालय साँफेबगरको टोलीले रायलाई नियन्त्रणमा लिएको हो ।

उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?