+
+
Shares

१० मिनेटको दृश्यमा कैंची चलाउँदै नेटफ्ल्क्सिमा आयो ‘धुरन्धर’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १२:४८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड फिल्म 'धुरन्धर' को अनकट भर्सन नेटफ्लिक्समा रिलिज हुँदा १० मिनेटका महत्त्वपूर्ण दृश्य काटिएका छन् र गालीगलौज हटाइएको छ।
  • 'धुरन्धर' फिल्मले भारतीय बक्स अफिसमा ८३५.५० करोड भारु र विश्वभर १३०० करोड भारुको कमाइ गर्दै नयाँ रेकर्ड बनाएको छ।
  • नेपाली बक्सअफिसमा 'धुरन्धर' फिल्मले १० करोड नेरु भन्दा बढी कमाइ गरिसकेको छ र हलमा रिलिज भएको ५३ औँ दिनसम्म पनि क्रेज कायम छ।

मुम्बई । आदित्य धर निर्देशित बलिउड फिल्म ‘धुरन्धर’ को ओटीटी रिलिजलाई लिएर फ्यान लामो समयदेखि पर्खाइमा थिए । जब फिल्मको ‘अनकट भर्सन’ (कुनै सिन नकाटिएको) स्ट्रिमिङ हुने खबर आयो, दर्शक उत्साहित थिए । हलमा हेरिसकेकालाई पनि ओटीटीमा केही नयाँ र थप दृश्य देख्न पाइन्छ भन्ने ठूलो आशा थियो ।

तर, गएराति १२ बजे जब फिल्म नेटफ्ल्क्सिमा रिलिज भयो, तब फ्यानहरूको खुसी रिसमा बदलियो । भयो के भनेः, ‘अनकट’ भनिए पनि ओटीटीमा फिल्मको सेन्सर गरिएको भर्सन मात्रै राखियो ।

फिल्मबाट गालीगलौज हटाइएको छ र लगभग १० मिनेटका महत्त्वपूर्ण दृश्य काटिएका छन् । हलमा फिल्म हेरिसकेका पनि ओटीटीमा केही एक्स्ट्रा हेर्न पाइन्छ कि भनेर झुम्मिएका थिए, तर उल्टै सिन काटिएको देखेपछि उनीहरूले आफूलाई ठगिएको महसुस गरिरहेका छन् ।

हुन त ‘धुरन्धर’ फिल्मलाई ओटीटी रिलिजका लागि ‘एडल्ट’ सर्टिफिकेट दिइएको थियो, तर पनि फिल्मका धेरै दृश्य काटिएका छन् । यो फिल्म नेटफ्लिक्समा हिन्दीका साथै तमिल र तेलुगु भाषामा पनि रिलिज भएको छ ।

यति धेरै विवादका बीच पनि फिल्मले बक्स अफिसमा भने इतिहास रचिरहेको छ । रणवीर सिंह, अर्जुन रामपाल, सञ्जय दत्त, सारा अर्जुन, राकेश बेदी र गौरव गेरा जस्ता कलाकारको दमदार अभिनय रहेको यो फिल्म ५ डिसेम्बर २०२५ मा हलमा रिलिज भएको थियो । अचम्मको कुरा त के छ भने, रिलिज भएको दुई महिना पुग्न लाग्दा पनि यसको क्रेज घटेको छैन ।

हलमा लागेको ५३ औँ दिनमा पनि यो फिल्मले करोडौँ कमाइरहेको छ, जुन आफैँमा ठूलो उपलब्धि हो । भारतीय बक्स अफिसमा मात्रै यसले ८३५.५० करोड भारु नेट कलेक्सन गरिसकेको छ । ५५ दिन पुग्दासम्म त फिल्मले विश्वभरबाट १३०० करोडको आँकडा पार गरेर नयाँ रेकर्ड बनाएको छ ।

नेपाली बक्सअफिसमा फिल्मले १० करोड नेरु ग्रसभन्दा धेरै कमाइ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?