+
+
Shares

अर्थले ६ महिनामा गर्‍यो ८ अर्ब बेरुजु फर्छ्योट

६ महिनामा फर्छ्योट भएको ८ अर्बपछि अझै १ खर्ब १७ अर्ब  हाराहारी बेरुजु बाँकी रहेको मन्त्रालयको तथ्यांक छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १४:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थ मन्त्रालयले साउनदेखि पुससम्म ८ अर्ब रुपैयाँ बेरुजु फर्छ्योट गरेको छ, जुन कुल बेरुजुको ६.४ प्रतिशत हो।
  • मन्त्रिपरिषद्ले स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट ३२३ कर्मचारीको दरबन्दी कटौती गरिएको छ।
  • आन्तरिक राजस्व कार्यालय र ३६ करदाता सेवा कार्यालय खारेजीमा परेका छन् र मन्त्रालयले सवारीसाधनको पूर्ण बीमा गरेको छ।

१६ माघ, काठमाडौं । अर्थ मन्त्रालयले ६ महिना (साउन–पुस) मा ८ अर्ब रुपैयाँ हाराहारी बेरुजु फर्छ्योट गरेको छ । जुन अर्थको कुल बेरुजुको ६.४ प्रतिशतमात्र हो ।

अर्थ मन्त्रालयको बेरुजु रकम १ खर्ब २५ अर्ब रुपैयाँ बराबर छ । ६ महिनामा फर्छ्योट भएको ८ अर्बपछि अझै १ खर्ब १७ अर्ब  हाराहारी बेरुजु बाँकी रहेको मन्त्रालयको तथ्यांक छ ।

यस अवधिमा अर्थ मन्त्रालयले संगठन तथा व्यवस्थापन सवेक्षणको काम समेत सम्पन्न गरेको छ । जुन १७ कात्तिकमा मन्त्रिपरिषद्बाट स्वीकृत भएको थियो ।

सो सर्वेक्षणबाट ३ सय २३ जना कर्मचारीको दरबन्दी कटौती गरिएको छ । यसले सरकारको २२ करोड ५० लाख दायित्व बचत हुनेसमेत अर्थ मन्त्रालयले जनाएको छ ।

संगठन तथा व्यवस्थापन सर्वेक्षणको निर्णयबाट मध्यमस्तरीय कार्यालय २ वटा खारेजीमा परेका छन् । एक आन्तरिक राजस्व कार्यालय र ३६ करदाता सेवा कार्यालय खारेजीमा परेका छन् ।

यो अवधिमा अर्थ मन्त्रालयको दायित्वमा रहेका सवारीसाधनको पूर्ण बीमा गरिएको छ । जेनजी आन्दोलन क्रममा आगलागी र तोडफोडबाट काम नलाग्ने सवारीसाधन तथा अन्य भौतिक सम्पत्ति मिनाहा एवं पत्रु मूल्यमा बिक्री गर्नेसम्बन्धी प्रस्ताव पेस गर्ने गरी २ असोजमा मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको थियो ।

अहिले त्यसको कार्यान्वयन भइरहेको मन्त्रालयले जनाएको छ । यो बीचमा मन्त्रालय परिसर मर्मत र रङरोगनको काम समेत भएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?