+
+
Shares

गगनको निर्देशन : पुरानालाई भोट दिन्न भन्नेसँग भन्नुहोला – कांग्रेस सबैभन्दा नयाँ हो

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १७ गते १२:०५

१७ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मतदातासमक्ष कांग्रेस नै सबैभन्दा नयाँ दल भएको सन्देश दिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शनिबार काठमाडौं–४ को निर्वाचन परिचालन समितिको कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले भर्खरै विशेष अधिवेशनबाट बदलिएर कांग्रेस नै नयाँ दल भएको सन्देश दिन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

‘तपाईँहरू घरघर गएर भन्दैगर्दा यदि कसैले भन्छ-म यसपटक पुरानो पार्टीलाई भोट दिन्न, नयाँ पार्टीलाई भोट दिन्छु ।  एकछिन अडिएर जवाफ दिनुहोला । पुरानो र नयाँको परिभाषा के हो? पुरानो र नयाँबिचको भेद के हो? तपाईँहरू त्यहाँ अडिएर प्रश्न गर्नुहोला,’ सभापति थापाले भने ।

यदि नयाँ नै खोजेको भए कांग्रेस नै नयाँ भएको सन्देश दिन पनि सभापति थापाले आग्रह गरे । उनले भने,‘फागुन ६ गतेभन्दा अघि अधिवेशन गरेर आफू नेतृत्वमा आएको कांग्रेस नै नेपालको सबैभन्दा नयाँ पार्टी हो । यो कुरा मतदातासमक्ष लगेर भन्नुहोला ।’

अहिलेको कांग्रेसभन्दा नयाँ पार्टी कोही पनि नभएको उनको दाबी थियो । ‘किनकि अनुहार नयाँ भएर हुँदैन । चुनाव चुनाव जित्न रातारात पार्टी बनाएर आएको व्यक्ति नयाँ हुनसक्दैन,’ सभापति थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?