+

स्कटल्यान्ड महिला टी-२० विश्वकपका लागि छनोट

२०८२ माघ  १८ गते १७:२१ २०८२ माघ १८ गते १७:२१
स्कटल्यान्ड महिला टी-२० विश्वकपका लागि छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्कटल्यान्डले अमेरिकालाई ४१ रनले पराजित गर्दै आईसीसी महिला टी-२० विश्वकपमा छनोट भएको छ।
  • स्कटल्यान्डले सुपर सिक्समा ३ मध्ये २ खेल जितेर ६ अंक जोडेको छ।
  • आयरल्याण्डले थाइल्यान्डलाई पराजित गरी विश्वकपका लागि छनोट भएको छ र बंगलादेश प्रतियोगिताको च्याम्पियन बनेको छ।

१८ माघ, काठमाडौं । स्कटल्यान्ड आईसीसी महिला टी-२० विश्वकपमा छनोट भएको छ । आइतबार ग्लोबल छनोटको अन्तिम खेलमा अमेरिकालाई पराजित गर्दै स्कटल्यान्ड विश्वकपमा छनोट भएको हो ।

आइतबार दिउँसो त्रिवि क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डले अमेरिकालाई ४१ रनले पराजित गर्‍यो । स्कटल्यान्डले दिएको १७९ रनको लक्ष्य पछ्याएको अमेरिका १९ ओभरमा १३७ रनमा अलआउट भयो ।

समूह चरणबाट २ अंक लिएर आएको स्कटल्यान्डले सुपर सिक्समा ३ मध्ये २ खेल जितेर ६ अंक जोड्यो । आइतबार नै भएको अर्को खेलमा आयरल्यान्डले थाइल्यान्डलाई पराजित गरेर विश्वकपका लागि छनोट भएको छ ।

शतप्रतिशत जित निकालेको बंगलादेश र नेदरल्यान्ड्स भने यसअघि नै छनोट भइसकेका थिए । बंगलादेश प्रतियोगिताको च्याम्पियन नै बन्यो ।

अमेरिका र थाइल्यान्ड भने सुपर सिक्सबाट अगाडि बढ्न सकेनन् । नेपाली टोली भने समूह चरणबाटै बाहिरिएको थियो ।

महिला टी-२० विश्वकप ग्लोबल छनोट स्कटल्यान्ड महिला क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय