+

रोशन विष्ट र सोनम वाडमो ‘मिस्टर योगी’ र ‘मिस योगी’ घोषित

२०८२ माघ  १८ गते २१:५३ २०८२ माघ १८ गते २१:५३
रोशन विष्ट र सोनम वाडमो ‘मिस्टर योगी’ र ‘मिस योगी’ घोषित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोशन विष्ट र सोनम वाडमो तामाङले सातौं राष्ट्रिय योगासन प्रतियोगितामा क्रमशः मिस्टर योगी र मिस योगीको उपाधि जित्न सफल भएका छन्।
  • रोशन विष्टले यसपटकको जितसँगै तीन राष्ट्रिय प्रतियोगितामा ‘मिस्टर योगी’को ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बनेका छन्।
  • दीक्षालय स्कुलले आयोजना गरेको प्रतियोगितामा २४६ खेलाडी सहभागी थिए ।

१८ माघ, काठमाडौं । कञ्चनपुरका रोशन विष्ट र काठमाडौंकी सोनम वाडमो तामाङले देशभरका २४६ जना योगासन खेलाडीलाई पछि पार्दै सातौं राष्ट्रिय योगासन प्रतियोगिताअन्तर्गत क्रमशः ‘मिस्टर योगी’ र ‘मिस योगी’को उपाधि जित्न सफल भएका छन्।

कपनस्थित दीक्षालय स्कुलको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरूले उल्लेखनीय प्रदर्शन गरेका थिए। रोशन विष्टले यसअघि पनि दुई राष्ट्रिय प्रतियोगितामा ‘मिस्टर योगी’को उपाधि जितिसकेका छन् र यस पटकको जितसँगै ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बनेका छन्।

१० देखि १४ वर्ष उमेर समूह (पुरुष)तर्फ सत्य नारायण शाह प्रथम, निलम पुरी द्वितीय र युल किशोर सिंह तृतीय भए। सोही उमेर समूह (महिला)तर्फ सोनम वाडमो तामाङ प्रथम, स्वेच्छा थापा द्वितीय तथा संरचना पुरी र सामना नेपाली संयुक्त रूपमा तृतीय स्थानमा रहे।

१४ देखि १८ वर्ष उमेर समूह (पुरुष)तर्फ बुद्ध गुरुङ प्रथम, सन्देश धिताल द्वितीय र सुन्दर कार्की तृतीय भए। महिला तर्फ प्रज्ञा गौतम प्रथम, सुहारिका कार्की द्वितीय र प्रिया जीसी तृतीय स्थानमा रहिन्।

१८ देखि २८ वर्ष उमेर समूह (पुरुष)तर्फ रोशन विष्ट प्रथम, आङ छिरिङ लामा द्वितीय र विवेक यादव तृतीय भए। महिला तर्फ चाँदनी परियार प्रथम, पुष्पा नाथ द्वितीय र आशा पौडेल तृतीय स्थानमा रहिन्।

२८ देखि ३५ वर्ष उमेर समूह (पुरुष)तर्फ देवबहादुर थापा प्रथम, सुमन आचार्य द्वितीय र कैलाशजंग कार्की तृतीय भए। महिला तर्फ मिना कुमारी राउत प्रथम, मञ्जु तोलेंगे द्वितीय र सुनिता सुनुवार तृतीय स्थानमा रहिन्।

३५ देखि ४५ वर्ष उमेर समूह (पुरुष)तर्फ नीलकमल राय प्रथम, हरिकृष्ण खराल द्वितीय र तेजबहादुर ढकाल तृतीय भए। सोही उमेर समूह (महिला)तर्फ सृजना श्रेष्ठ प्रथम, अन्जु श्रेष्ठ द्वितीय र रविना बके तृतीय स्थानमा रहिन्।

४५ देखि ५५ वर्ष उमेर समूह (पुरुष)तर्फ राजकुमार ओडारी प्रथम, चन्द्रबहादुर दगाल द्वितीय र लाल बाबु ठाकुर तृतीय भए। महिला तर्फ जानुका भट्टराई प्रथम, रेनु दुलाल द्वितीय र कमला काफ्ले तृतीय स्थानमा रहिन्।

५५ वर्षमाथिको उमेर समूह (पुरुष)तर्फ कृष्णबहादुर न्यौपाने प्रथम, कमलबहादुर राजलवट द्वितीय र यज्ञप्रसाद आचार्य तृतीय भए। महिला तर्फ ललिता कुमारी बछाड प्रथम, चिनी माया खत्री द्वितीय र पशुपति देवी धिमाल तृतीय स्थानमा रहिन्।

प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूको आवास तथा खानाको पूर्ण प्रायोजन दीक्षालय स्कुलले गरेको थियो। प्रतियोगितामा देशभरबाट आएका खेलाडी तथा खेल प्राविधिकलाई आतिथ्य प्रदान गर्न पाउँदा आफू अत्यन्त हर्षित भएको दीक्षालय स्कुलका संस्थापक प्रिन्सिपल दुर्गाप्रसाद दाहालले बताए।

उनले आगामी दिनमा पनि यस्ता राष्ट्रियस्तरका प्रतियोगिताहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।

मिस योगी मिस्टर योगी राष्ट्रिय योगासन प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय