+
+
Shares

काठमाडौं निर्वाचन प्रहरीमा ६ जना डिग्री होल्डर

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते १२:५२
निर्वाचन प्रहरी भर्ना छनौटको परीक्षामा सहभागीहरु । फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीले हालसम्म १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी बलले १५ हजार ११० निर्वाचन प्रहरी छनौट गरेको छ।
  • माघ १८ देखि निर्वाचन प्रहरीको १० दिने तालिम सुरु भइसकेको छ जसमा शारीरिक व्यायाम र व्यवहार प्रशिक्षण दिइन्छ।
  • काठमाडौंमा ४ हजार ८७३ निर्वाचन प्रहरी भर्ना भएका छन् जसमा ६ जना स्नातकोत्तर र ३५ जना स्नातक उत्तीर्ण छन्।

१९ माघ, काठमाडौं । निर्वाचन प्रहरीमा डिग्री होल्डर (स्नातकोत्तर उत्तीर्ण) पनि भर्ना भएका छन् ।

नेपाल प्रहरीले हालसम्म १ लाख ३३ हजार ९८० निर्वाचन प्रहरी छनौट गरेको छ भने सशस्त्र प्रहरी बलले १५ हजार ११० प्रहरी छनौट गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभि नारायण काफ्लेका अनुसार माघ १८ देखि उनीहरूको १० दिने तालिम सुरु भइसकेको छ । तालिममा शारीरिक व्यायाम, सलामी दिने अभ्यास र सर्वसाधारणसँग कसरी व्यवहार गर्ने जस्ता विषयमा प्रशिक्षण दिइन्छ ।

काठमाडौंमा मात्रै ४ हजार ८७३ निर्वाचन प्रहरी भर्ना भएका छन् । तीमध्ये ६ जना स्नातकोत्तर उत्तीर्णहरु रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए । यसैगरी ३५ जना स्नातक उत्तीर्ण छन् ।

देशभरबाट कति स्नातकोत्तर उत्तीर्ण व्यक्तिहरु भर्ना भएका छन् भन्ने विवरण भने संकलन भइरहेको छ । डीआईजी काफ्ले भने, ‘स्नातकोत्तर उत्तीर्ण पनि भर्ना भएका छन्, तर सम्पूर्ण विवरण आउन बाँकी भएकाले संख्या पक्का गर्न केही समय लाग्नेछ ।’

यो पटकको निर्वाचनका लागि कुल १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?