+
+
Shares

प्रहरीलाई नियन्त्रण होइन, सक्षम बनाउन चाहन्छौं : गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते १३:०६

१९ माघ, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयले प्रहरीलाई नियन्त्रण गर्ने नभई सक्षम बनाउन चाहेको बताएका छन् ।

काठमाडौंमा सोमबार नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले मन्त्रालय  प्रहरीलाई आदेश दिने निकाय मात्र नभई अभिभावक पनि भएको बताएका हुन् ।

प्रहरीलाई नीतिगत स्पष्टता, संस्थागत मजबुती र व्यावसायिक स्वतन्त्रता प्रदान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

गृहमन्त्री अर्यालले शक्ति दुरूपयोग रोक्न, भ्रष्टाचार नियन्त्रण गर्न पूर्णरूपमा तटस्थ, व्यावसायिक र कानून अनुसार मात्र परिचालन हुन निर्देशन पनि दिए ।

उनले कुनै पनि तत्वले नेपाल प्रहरीको निष्पक्षतालाई कमजोर पार्न नपाउने स्पष्ट पार्दै विगतमा जस्तै प्रहरीले यसपटकको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न गरेर आफ्नो व्यावसायिक दक्षता प्रमाणित गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?