+
+
Shares

प्रहरी संगठन धुलो टकटक्याएर खरानीबाट उठ्दैछ : आईजीपी कार्की

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते १३:१२

१९ माघ, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले अनेकौ उतार चढावकाबीच प्रहरी संगठन धुलो टक्टक्याएर खरानीबाट उठ्दै पुन: नागरिकको सेवामा समर्पित रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा प्रहरी निरीक्षक आधारभूत तालिम १८३ औं समूह दीक्षान्त समारोहमा प्रहरी महानिरीक्षक कार्कीले सात दशकको इतिहास बोकेको प्रहरीले अनेकौं उतार चढाव, जलन र दलनका बावजूद हिम्मतका साथ अझ दरो भई नागरिकको सेवामा अनवरत समर्पित रहेको बताएका हुन् ।

यसबीचमा भएका विभिन्न घटनाक्रममापछि धुलो टक्टक्याएर खरानीबाट उठ्दै फेरि पुन: नागरिकको सेवामा समर्पित भएको र आफ्नो जिम्मेवारी अटल रूपमा निर्वाह गरेको उनले बताए ।

‘नागरिकका अनगिन्ती समस्या, असिमित अपेक्षाहरूको सामना, समाधान र सहजीकरण गर्दै प्रहरीले जहिले प्रथम पंक्तिमा उभिएर सरकारको उपस्थिति जनाएको छ,’ आईजीपी कार्कीले भने ।

कार्कीले समय, युग तथा परिवेश अनुसार राज्यको फर्स्ट रेस्पोन्डर र कानुन कार्यान्वयन गर्ने निकायमा कार्यगत स्वायत्तता, वैज्ञानिकीकरण र साधन स्रोतमा युग परिवर्तन सुहाउँदो सरकारको लगानी आवश्यक रहेको उल्लेख गरे ।

हालको समयमा प्रहरीको जिम्मेवारी, चुनौती, अवसर र दायित्व वृद्धि हुँदै गएको स्मरण गराउँदै उनले अझ लगनशील हुन निर्देशन पनि दिए ।

दीक्षित भएका प्रहरी निरीक्षकहरूलाई तत्काल निर्वाचनमा खटाइने पनि उनको भनाइ थियो । समारोहमा ९ जना महिला र ८३ जना पुरुष गरि ९२ प्रहरी निरीक्षक दिक्षित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?