News Summary
Generated by OK AI. Editorially reviewed.- १० वर्षीया एम्मा एडवर्ड्स र उनका प्रेमी ड्यानियल मार्सल क्रिस्टोफर 'डीजे' विलियम्स जूनियरले आफ्नो प्राथमिक विद्यालयमा विवाह गर्ने प्रयास गरेका थिए।
- एम्मालाई अप्रिल २०२२ मा एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया भएको पत्ता लागेको थियो र उनी जून २९ मा विवाह गरेकी थिइन्।
- विवाहको १२ दिनपछि एम्माको मृत्यु भयो र उनका परिवारले उनको चाहना पूरा गर्न विवाह समारोह आयोजना गरेका थिए।
कुरा २०२३ को हो । १० वर्षीया एम्मा एडवर्ड्स सधैं विवाह गर्ने सपना देख्थिन् । एकफेर उनले र उनका प्रेमी ड्यानियल मार्सल क्रिस्टोफर ‘डीजे’ विलियम्स जूनियरले आफ्नो प्राथमिक विद्यालयमा विवाह गर्ने प्रयास समेत गरेका थिए । उनीहरूलाई विद्यालयमा विवाह गर्न नमिल्ने बताएर शिक्षकहरूले रोकेका थिए ।
भनिन्छ नि, साँचो प्रेमले सबै कुरा जित्छ । एम्मा र डीजेको हकमा त्यस्तै दु:खान्त सहितको सुख बन्दियो । किनकि जुन २९ मा दुवैको ठूलो उत्सवका साथ विवाह भयो । तर, त्यसबेला एम्मा आफ्नो मृत्युको नजिकै थिइन् । उनलाई ल्युकेमिया (रगतको क्यान्सर) भएको थियो । र, दु:खद कुरा, विवाहको ठीक १२ दिन पछि उनले संसार छाडेर गइन् ।
एम्मालाई अप्रिल २०२२ मा मात्रै ‘एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया’ (एएलएल) भएको पत्ता लागेको थियो । यस प्रकारको क्यान्सरले रगत र हड्डीको मासीलाई असर गर्छ । यो बालबालिकाहरूमा सबैभन्दा धेरै हुने क्यान्सरको प्रकार हो । कतिपय अवस्थामा उपचारपश्चात यो ठीक पनि हुने गर्छ ।
नर्थ क्यारोलिनाको वालनट कोभका उनका आमाबुबा एलिना र आरोन एडवर्ड्सलाई पनि छोरीले क्यान्सरलाई जित्न सफल हुन्छिन् भन्ने आशा थियो । तर जुन महिनामा एम्माका आमाबाबुले उनको क्यान्सर निको हुन नसक्ने र उनीसँग बाँच्नका लागि केही दिन मात्र बाँकी रहेको खबर पाए । जुन उनीहरूका लागि अनपेक्षित थियो । उनीहरूले अर्को विधिमार्फत उपचार गर्ने सोचेका थिए । तर, त्यसो गर्नु समयको बर्बादी मात्र थियो ।
त्यसपछि एलिना र डीजेका आमाहरूले कठोर निर्णय लिए । र, एम्माको चाहना पूरा गर्नतिर लागे । किनकि एम्माको पनि चाहना डीजेसँग विवाह गर्ने थियो । अभिभावकहरूले अन्तर्राष्ट्रिय मिडियामा दिएको अन्तर्वार्ता अनुसार धेरै बच्चाहरू डिज्नील्यान्ड जान चाहने गर्थे । तर एम्मा त्यसको ठीकविपरीत विवाह गर्न, श्रीमती बन्न र तीनवटा बच्चाहरू पाउन चाहन्थिन् । निकै प्यारी स्वभाविक उनी विवाह गर्न मात्र चाहन्थिन् ।

परिस्थिति आफ्नो काबुबाहिर गएपछि उनीहरूको विवाह भएको थियो । एम्माको विवाहका लागि उनीहरूलाई छिमेकीहरूले समेत सहयोग गरेका थिए । त्यस्तै नजिकैको विन्स्टन-सलेममा रहेको बोम्यान ग्रे स्टेडियमका रेस कार चालकहरूले जुलाईको रेसमा कार्यक्रममा आ-आफ्ना कारहरूमा ‘एम्माज आर्मी’ लेखिएका स्टिकरहरू टाँसेका थिए । विन्स्टन-सलेम जर्नलका अनुसार एडवर्ड्स परिवारलाई आर्थिक सहयोग जुटाउने प्रयास स्वरूप ती स्टिकरहरू बिक्रीमा पनि राखिएको थियो ।
यसरी उनीहरूको विवाह समारोह भएको थियो । जसमा करिब १०० जना उपस्थित थिए । त्यहाँ वास्तविक विवाहझैं आवश्यक सबै कर्म गरिएका थिए । तर, प्रेमभन्दा सधैं समय बलवान् हुन्छ । त्यो विवाह पछि दुई साता नबित्दै एम्मा सबैलाई छाडेर सदाका लागि विदा भइन् ।
प्रतिक्रिया 4