News Summary
Generated by OK AI. Editorially reviewed.- १२औं एक्सेल्सियर कपअन्तर्गत यू–१६ ब्वाइज फुटसलमा न्यु एरा एकेडेमी र दि एक्सेल्सियर स्कुल (नीलो) सेमिफाइनलमा प्रवेश गरेका छन्।
- यू–१३, यू–११ र यू–९ वर्गका विभिन्न विद्यालयहरूले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।
- यू–१२ गर्ल्स बास्केटबलमा राई स्कुल र चाँदबाग सेमिफाइनलमा पुगेका छन् भने सिनियर वर्गमा रेडियन्ट, संस्कृति, पुष्पसदन र राराहिलबीच प्रतिस्पर्धा हुनेछ।
२१ माघ, काठमाडौं । १२औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यू–१६ प्रतियोगितामा न्यु एरा एकेडेमी र आयोजक दि एक्सेल्सियर स्कुल (नीलो) सेमिफाइनलमा प्रवेश गरेका छन्।
न्यु एराले एलआरआईलाई ४–२ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो। न्यु एराका पेम्बा तामाङले २ गोल गर्दा आयुश बराम र असिन थापाले समान १–१ गोल गरे। एलआरआईका आशुतोष महतरा र डेनिल श्रेष्ठले समान १–१ गोल फर्काए।
एक्सेल्सियर (नीलो) ले किड्स लर्निङलाई २–० गोलले हरायो। विजेताका कृष र कर्माले समान १–१ गोल गरे। सोही स्पर्धामा रिब्सले ह्वाइट हेभेनलाई २–१ तथा बोधीसत्वले न्यु अरुणोदयलाई ३–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे।
यू–१३ तर्फ एक्सेल्सियर (यल्लो) ले जोन डेवीलाई ४–०, एलआरआईले कोहिनुरलाई १–०, काष्ठमण्डप विद्यालयले रेडियन्ट पब्लिकलाई ५–१ र रिब्सले हार्टल्यान्डलाई १–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाए।
यू–११ तर्फ जोन डेवीले रिब्सलाई १–०, संस्कृति इन्टरनेसनल स्कुलले न्यु एरालाई ४–१, राई स्कुलले सेक्रेड हार्टलाई ४–१ र काष्ठमण्डपले एक्सेल्सियरलाई ५–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे।
यू–९ मा एक्सेल्सियर (रातो) र एक्सेल्सियर (नीलो), काष्ठमण्डप र कोहिनुर यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन्।
बास्केटबलतर्फ यू–१२ गर्ल्समा राई स्कुल र चाँदबाग सेमिफाइनलमा प्रवेश गरेका छन्। राई स्कुलले युरो स्कुललाई १२–२ ले हरायो, जसमा सिमरन शेदगलले ६ अंक जोडिन्।
काभ्या थापाको २ अंक सहयोगमा चाँदबागले एक्सेल्सियर (नीलो) लाई ६–० ले पराजित गर्यो। सेमिफाइनलमा चाँदबागले एक्सेल्सियर (नीलो) सँग तथा राई स्कुलले स्वर्णिमसँग प्रतिस्पर्धा गर्नेछ।
सिनियर ब्वाइजतर्फ सेमिफाइनलमा रेडियन्ट र संस्कृति तथा पुष्पसदन र राराहिलबीच प्रतिस्पर्धा हुनेछ। सिनियर गर्ल्सतर्फ रिब्सले ल्यान्डमार्क एकेडेमी तथा एक्सेल्सियरले रेडियन्ट पब्लिकसँग खेल्नेछन्।
प्रतिक्रिया 4