News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी टी-२० विश्वकपअघिको दोस्रो वार्म अप खेलमा क्यानडालाई ६ विकेटले पराजित गरेको छ।
- नेपालले क्यानडाले दिएको १६२ रनको लक्ष्य १८ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।
- नेपालले माघ २५ मा टी-२० विश्वकपमा इंग्ल्यान्डसँग पहिलो खेल खेल्ने छ।
२२ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकपअघिको दोस्रो वार्म अप खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ ।
बिहीबार चेन्नईमा भएको खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको हो । क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाएर रिटायर्ड आउट भए । यस्तै सन्दीप जोराले ४४ अनि गुल्शन झाले ३१ रन बनाए ।
क्यानडाका लागि अजयविर सिंह, जसकरन सिंह तथा साद बिन जफरले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको थियो ।
क्यानडाका लागि नवनित धलिवालले सर्वाधिक ४१ तथा श्रेयस मोभाले ३९ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले २-२ विकेट लिए ।
नेपालले यसअघि पहिलो वार्म अप खेलमा यूएईलाई पराजित गरेको थियो ।
नेपालले त्यसअघि मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँगको दुई अभ्यास खेल जितेको थियो भने श्रीलंकामा श्रीलंका ए सँगको ३ खेलको शृंखलामा २-१ ले पराजित भएको थियो ।
माघ २४ देखि सुरु हुने टी-२० विश्वकपमा नेपालले पहिलो खेल माघ २५ मा इंग्ल्यान्डसँग खेल्ने छ ।
प्रतिक्रिया 4