News Summary
Generated by OK AI. Editorially reviewed.- छिटोछिटो खाने, तारेको र मसालेदार खानाले पेट फुल्ने र ग्यासको समस्या बढ्छ भन्ने चिकित्सकीय तथ्य पुष्टि भएको छ।
- अदुवा, पुदिना, सौंफ, भुँइकटहर, मेवा, काँक्रो, किवी, दही, चिया सिड्स र कागती पानीले ब्लोटिङ कम गर्न मद्दत गर्छन्।
छिटोछिटो खाने बानी, तारेको, मसालेदार खाना र अनियमित जीवनशैलीका कारण धेरै मानिस ग्यास र ब्लोटिङको समस्याबाट पीडित छन् । पेट दुख्ने, वाकवाकी र असजिलोपन ल्याउने यो समस्याबाट राहत पाउन घरमै उपलब्ध हर्बल खानेकुरा प्रभावकारी हुन सक्छन् ।
पेट किन फुल्छ
पेट फुल्ने सबैभन्दा ठूलो कारण खानपानमा गडबडी हो । धेरै मसालेदार र तारेको खाना खाँदा यो समस्या बढ्छ । कहिलेकाहीँ धेरै खाना खाने वा छिटोछिटो खाने बानीले पनि ब्लोटिङ हुन्छ, किनकि यसले पाचन प्रणालीमा दबाब पार्छ । कब्जियतले यो समस्या झन् बढाउँछ । ब्लोटिङका कारण पेट दुख्ने, ग्यास, बेचैनी, वाकवाकी जस्ता धेरै समस्या हुन्छन् ।
ब्लोटिङ कम गर्ने टप हर्बल खाद्य पदार्थहरू :
१. अदुवा
अदुवामा जिंजरोल कम्पाउन्डले पाचन प्रक्रिया छिटो बनाउँछ, सुन्निएको घटाउँछ र ग्यास्ट्रिक मोटिलिटी बढाउँछ । खानापछि अदुवाको चिया वा सानो टुक्रा चपाउँदा ऐंठन र ग्यासमा तुरुन्त राहत मिल्छ । अध्ययनहरूमा पनि अदुवाले ब्लोटिङ कम गर्छ भन्ने देखिएको छ ।
२. पुदिना
पुदिनाले पेटका मांसपेशीहरूलाई रिल्याक्स गर्छ, जसले ग्यास पास गर्न सजिलो बनाउँछ । पुदिना चिया वा पात चपाउँदा अपच र ब्लोटिङ हट्छ । यसका एन्टिअक्सिडेन्टले पेटलाई शीतल र स्वस्थ राख्छन् ।
३. सौंफ
सौंफमा हुने एनेथोल कम्पाउन्डले पाचक इन्जाइम बढाउँछ र ग्यास बन्न रोक्छ । खानापछि १ चम्चा सौंफ चपाउँदा वा सौंफ पानी पिउँदा ब्लोटिङ र ग्यास तुरुन्त कम हुन्छ । धेरै संस्कृतिमा यो परम्परागत उपाय हो ।
४. भुँइकटहर
भुँइकटकर ब्रोमेलेन इन्जाइमले प्रोटिन पचाउन मद्दत गर्छ, सुजन घटाउँछ । उच्च फाइबर र भिटामिन सीले कब्जियत हटाउँछ । ताजा भुँइकटहर खाँदा ब्लोटिङ कम हुन्छ।
५. मेवा
मेवामा हुने पपेन इन्जाइमले प्रोटिन तोड्छ, फाइबरले कब्जियत हटाउँछ । एसिड रिफ्लक्स पनि कम गर्छ । पकेको वा काँचो मेवा ब्लोटिङका लागि उत्कृष्ट छ ।
६. काँक्रो
काँक्रोमा हुने ९५ प्रतिशत पानीले हाइड्रेशन दिन्छ, एन्टिअक्सिडेन्टले पेट शीतल राख्छ । कब्जियत र पानी जम्ने समस्या हटाउँछ । यसलाई सलादका रूपमा खान सकिन्छ।
७. किवी
किवीमा हुने एक्टिनिडिन इन्जाइम र प्रीबायोटिक फाइबरले पाचन सजिलो बनाउँछ, राम्रा ब्याक्टेरिया बढाउँछ । एन्टी–इन्फ्लेमेटरी गुणले सूजन हटाउँछ ।
८. दही
दहीमा पाइने प्रोबायोटिक्स ल्याक्टोब्यासिलस, बिफिडोब्याक्टेरियमले आन्द्रामा राम्रा ब्याक्टेरिया बढाउँछन्, ग्यास, कब्जियत हटाउँछ । त्यसैले अपचको समस्या भएको समयमा प्लेन दही खानु फाइदाजनक हुन्छ ।
९. चिया सिड्स
चिया सिड्समा हुने घुलनशील र अघुलनशील फाइबरले पाचन सन्तुलित राख्छ, राम्रा ब्याक्टेरिया बढाउँछ । यसलाई पानीमा भिजाएर पिउँदा ग्यास र ऐंठन कम हुन्छ ।
१०. कागती पानी
कागतीमा हुने सिट्रिक एसिडले खाना तोड्छ, पेक्टिन फाइबरले कब्जियत हटाउँछ । बिहान खाली पेटमा मनतातो कागती पानीले पाचन सुधार्छ ।
थप प्रभावकारी हर्बल खानेकुरा
जिरा : यसले पाचक इन्जाइम बढाउँछ, ग्यास र ब्लोटिङ हटाउँछ । जिरा पानी वा चिया बनाएर पिउन सकिन्छ ।
ज्वानो : एन्टिस्पास्मोडिक गुणले पेटका मांसपेशी रिल्याक्स गर्छ, ग्यास तुरुन्त निकाल्छ । ज्वानो पानी वा मनतातो पानीमा एक चम्चा ज्वानो राखेर पिउन सकिन्छ ।
बेसार : यसमा हुने एन्टी–इन्फ्लेमेटरी गुणले ब्लोटिङ कम गर्छ । दूध वा पानीमा बेसार मिसाएर पिउन सकिन्छ ।
ब्लोटिङ कम गर्ने अन्य उपाय
खाना राम्ररी चपाएर खाने छिटो नखाने ।
दिनमा ८–१० गिलास पानी पिउने ।
दैनिक व्यायाम/ हिँडाइ गर्ने यसले पनि पाचन सुधार्छ ।
ट्रिगर खानेकुराहरु धेरै फ्राइड, मसालेदार खानेकरा कम गर्ने
यदि समस्या बारम्बार वा गम्भीर छ भने डाक्टरसँग सल्लाह लिने ।
प्रतिक्रिया 4