News Summary
Generated by OK AI. Editorially reviewed.- पोखराको सांग्रिला भिलेज रिसोर्टले ४० कोठा र ७० शय्या थप गरी स्तरोन्नति गर्ने योजना बनाएको छ।
- रिसोर्टको कुल क्षमता १ सय १ पाहुना कोठा र १ सय ५९ शय्या हुनेछ।
- स्तरोन्नतिपछि रिसोर्ट पाँचतारे स्तरको हुनेछ र ३० करोड लागत अनुमान गरिएको छ।
२२ माघ, काठमाडौं । सन् १९९० देखि ६१ पाहुना कोठाका ८९ शय्याबाट सेवा सञ्चालन गरिरहेको पोखराको सांग्रिला भिलेज रिसोर्ट स्तरोन्नति हुने भएको छ ।
रिसोर्ट स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा बुझाइएको छ । उक्त प्रतिवेदन अनुसार अब रिसोर्टले ४० कोठामा ७० शय्या थप गर्ने योजना बनाएको छ । जस उसको कुल क्षमता १ सय १ पाहुना कोठामा १ सय ५९ शय्या हुनेछ ।
यो रिसोर्ट अहिले चारतारे स्तरको छ । स्तरोन्नतिपछि रिसोर्ट पाँचतारे स्तरको हुनेछ । स्तरोन्नतिका लागि कुल ३० करोड लागत अनुमान गरिएको समेत प्रतिवेदनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4