+
+
Shares

फेसबुकमा रास्वपालाई भोट माग्ने प्रहरी हवल्दारलाई कारबाहीको तयारी

सामााजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भोट मागेपछि एक प्रहरीमाथि कारबाही प्रक्रियाअघि बढाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २३ गते १३:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्सामा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेललाई राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेसबुकमार्फत भोट मागेको आरोपमा कारबाही प्रक्रियाअघि बढाइएको छ।
  • जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले पटेलले राजनीतिक दलको प्रचार गर्दै भोट मागेको पुष्टि गर्नुभएको छ।
  • पटेललाई विभागीय कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाइएको छ।

२३ माघ, काठमाडौं । सामााजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भोट मागेपछि एक प्रहरीमाथि कारबाही प्रक्रियाअघि बढाइएको छ ।

पर्सामा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेललाई कारबाही प्रक्रियाअघि बढाइएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार पटेलले राजनीतिक दलको प्रचार गर्दै भोट मागेका थिए । सञ्जालमार्फत भोट मागेको पाइएपछि विभागीय कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाइएको हो ।

उनी जिल्ला प्रहरी कार्यालय पर्सा मातहतकै युनिटमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?