Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता सुनिल थापाको असामयिक निधनमा प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मले दुःख व्यक्त गरेका छन्।
- थापाले अहिलेसम्म १३८ नेपाली फिल्ममा अभिनय गरिसकेका थिए र 'राम नाम सत्य' को छायांकनमा थिए।
- उनको निधनसँगै नेपाली फिल्मको चरित्र चित्रणमा एक युगको अन्त्य भएको छ।
काठमाडौं । अभिनेता सुनिल थापाको असामयिक निधनमा प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मले दुःख व्यक्त गरेका छन् । नेपाली फिल्ममा खलनायक पात्रलाई पुनःपरिभाषित गरिदिएका थापाको निधनसँगै नेपाली फिल्मको चरित्र चित्रणमा एक युगको अन्त्य भएको छ ।
‘मसाल’ बाट नेपाली फिल्ममा डेब्यू गरेका थापाले अहिलेसम्म (छायांकन भैरहेका समेत) १३८ नेपाली फिल्ममा अभिनय गरेका छन् । शुक्रबारसम्म उनी ‘राम नाम सत्य’ फिल्मको छायांकनमा ब्यस्त थिए । तुलसी घिमिरेको ‘पहाड’ प्रदर्शन तयारीमा छ ।
थापाको निधनसँगै प्रशंसकले उनलाई फिल्ममार्फत सम्झिरहेका छन् । सुनिललाई समर्पित गर्दै उनी अभिनित उत्कृष्ट १० नेपाली फिल्म यहाँ प्रस्तुत गरिन्छ ।
१) चिनो
२) कान्छा
३) रुद्राक्ष
४) योद्धा
५) करेङ ग्याङ २
६) भैरे
७) सगुन
८) नोटबुक
९) जंगबाज
१०) सुकुम्बासी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4