+
+
Shares

बिरामीले पाउँदैनन् औषधि, अस्पतालमै गुज्रिन्छ म्याद

अस्पताल स्रोतका अनुसार विभिन्न समयमा आपूर्ति गरिएका औषधि व्यवस्थित भण्डारण र समयमै वितरण नहुँदा लामो समयसम्म गोदाममै थन्किएको हो । म्याद सकिएपछि ती औषधि जलाइएको छ ।

अमलेश यादव अमलेश यादव
२०८२ माघ २५ गते ८:२०

२५ माघ, सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा रहेको प्रादेशिक अस्पतालको गोदाममा औषधि म्याद सकिएको पाइएको छ ।

समयमै बिरामीका लागि औषधि उपलब्ध गराउन नसक्दा म्याद सकिएको हो । म्याद सकिएको पाइएपछि ठूलो परिमाणको औषधि अस्पताल परिसरमै जलाएर नष्ट गरिएको छ ।

अस्पताल स्रोतका अनुसार विभिन्न समयमा आपूर्ति गरिएका औषधि व्यवस्थित भण्डारण र समयमै वितरण नहुँदा लामो समयसम्म गोदाममै थन्किएको हो । म्याद सकिएपछि ती औषधि अस्पताल परिसरको शवगृह क्षेत्र नजिकै जलाएर नष्ट गरिएको छ ।

बिदामा घरमै रहेका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रामप्रकाश साहले भने आफू अस्पतालमा आएको एक महिना मात्र भएको बताउँदै ती औषधि आफ्नो कार्यकालअघिकै भएको बताए । ‘म आएको एक महिना मात्रै भयो, यी औषधि पहिलेदेखिकै हुन्’, उनले भने, ‘मैले कसैलाई औषधि जलाउन निर्देशन दिएको छैन । यदि त्यसो गरेको पाइएमा कारबाही हुन्छ ।’

समयमै वितरण गर्न नसक्दा औषधि म्याद गुज्रिदा अस्पतालमा उपचारका लागि आउने बिरामी भने आवश्यक औषधि नपाउँदा निजी मेडिकल पसलबाट महँगो मूल्यमा औषधि किन्न बाध्य भएका छन् । ‘अस्पतालमा औषधि छैन भनेर फर्काइन्छ, तर गोदाममै कुहिएका औषधि जलाएर नष्ट गरिन्छ’, एक सेवाग्राहीले गुनासो गरे ।

स्वास्थ्य मापदण्डविपरीत औषधि जलाएर नष्ट गरिएको भन्दै स्थानीयले औषधि खरिद, भण्डारण र वितरण प्रक्रियामा पारदर्शिता र नियमित अनुगमनको अभाव रहेको भन्दै प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?