+
+
Shares

प्रचण्ड भन्छन्– नेपालमा भूराजनीतिक चलखेल भइरहेको छ

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २६ गते १२:०९

२६ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादको भूराजनीतिक चलखेल नेपालमा पनि देखिएको बताएका छन् ।

सोमबार काठमाडौं क्षेत्रम्बर ५ मा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सामाजिक सञ्जालमा स्टन्ट गरेकै भरमा विश्व साम्राज्यवादले विभिन्न देशमा भूराजनीतिक चलखेल गर्ने गरेको र त्यसको प्रभाव नेपालमा पनि देखिएको बताएका हुन् ।

विचार, राजनीति, सिद्धान्त, इतिहास, विरासत नभएकाहरु सामाजिक सञ्जालका भरमा लोकप्रिय हुन खोजेको उनको भनाइ छ । यस्ता प्रवृत्तिको प्रतिबाद गर्नका लागि पनि एउटा नयाँ संकल्प, नयाँ समीक्षासहित फेरि राष्ट्रको निम्ति र जनताको निम्ति समर्पित रूपले लाग्ने तागत चाहिएको प्रचण्डले बताए । उनले त्यही तागत सृष्टि गर्ने उद्देश्यले नै नेपाली कम्युनिस्ट पार्टी निर्माण गर्दै अगाडि बढेको उल्लेख गरे ।

संयोजक प्रचण्डले विकास निर्माण, सुशासन, भ्रष्टाचारका विरुद्ध, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक विकास र समृद्धिको उत्पादन र रोजगारी सृष्टि गर्ने लगाएत नेकपाले अघि सारेका नीति, योजना र कार्यक्रमले जनतामा फेरि एकचोटि आशा र भरोसा बढ्दै गएको दावी गरे ।

उनले अहिलेको जमाना सामाजिक सन्जाल र सूचना प्रविधिको भएपनि घर–घरमा गएर जनतालाई प्रत्यक्ष बुझाउने तरिका जस्तो प्रभावकारी अरू नहुने धारणा राखे । अहिले नयाँ विचार, सबभन्दा नयाँ राजनीति एजेन्डा भएको पार्टी नेकपा मात्रै भएको उनको भनाइ छ ।

कार्यक्रममा एमाले खेलकुद विभाग सदस्य रेनुका श्रेष्ठ, बैंकर विमला ज्ञवाली, अधिवक्ता सविना वाग्ले, नेकपा बहुमत निकट क्रान्तिकारी पत्रकार संघका केन्द्रीय संयोजक जीवन हमाललगायत नेपाली कम्युनिस्टमा प्रवेश गरेका प्रचण्डको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?