News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले दक्षिण अफ्रिकी पेस बलर डेल स्टेनलाई कोचिङ स्टाफमा समावेश गर्ने विषयमा चाँडै छलफल गरिने बताएका छन्।
- डेल स्टेनले नेपालले प्रस्ताव गरे आफू काम गर्न तयार रहेको चार ट्वीटमार्फत जनाएका थिए।
- चन्दले कमजोर पेस बलिङ सुधार गर्न पेस बलर प्रशिक्षक आवश्यक रहेको स्पष्ट पार्नुभएको छ।
२६ माघ, मुम्बई । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले दक्षिण अफ्रिकी महान् पेस बलर डेल स्टेनलाई नेपालको कोचिङ स्टाफमा समावेश गर्नका लागि सम्पर्क गरिने बताएका छन् ।
भारतीय समाचार संस्था आजतकको स्पोर्ट्स टक च्यानलमा अन्तर्वाता दिने क्रममा चन्दले यसो बताएका हुन् । एक समर्थकले कमेन्टमा डेल स्टेनको ट्वीटबारे सोधेको प्रश्नको जवाफ दिँदै चन्दले उनीसँग सम्पर्क गर्नेबारे बोर्डले चाँडै छलफल गर्ने बताएका हुन् ।
‘हाम्रो पेस बलिङ केही कमजोर नै छ, त्यसकारण बोर्डले उक्त विषयमा निर्णय गर्ने दिन पनि आउनेछ’ चन्दले भने, ‘कमजोर पेस बलिङ सुधार गर्नका लागि कोही पेस बलर नै प्रशिक्षकको रूपमा त चाहिन्छ नै।’
यसअघि नेपाल र इंग्ल्यान्डबीचको खेलपछि दक्षिण अफ्रिकी बलर डेल स्टेनले ४ ट्वीट गर्दै नेपालले प्रस्ताव गरे आफू काम गर्न तयार रहेको बताएका थिए । यसबारे अहिले नेपाली क्रिकेट जगतमा चर्चा भइरहेको छ ।
खेलपछि नेपाली बलर नन्दन यादवलाई पनि यसबारेमा प्रश्न सोधिएको थियो । नन्दनले नेपाली क्रिकेटसँग जोडेर स्टेनले ट्वीट गर्नु विशेष कुरा भएको बताएका थिए ।
प्रतिक्रिया 4