+

२५औं आहा रारा पोखरा गोल्डकप आजदेखि, उद्घाटन खेलमा सहारा र गुर्खा भिड्दै

२०८२ माघ  २७ गते ९:२३ २०८२ माघ २७ गते ९:२३

पहिलोपटक फ्लडलाइटमा समेत आयोजना हुने प्रतियोगितामा यसपटक पुरस्कार राशि पनि वृद्धि गरिएको छ।

२५औं आहा रारा पोखरा गोल्डकप आजदेखि, उद्घाटन खेलमा सहारा र गुर्खा भिड्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरामा सहारा क्लबको आयोजनामा २५औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ।
  • उद्घाटन खेलमा सहारा क्लब र गुर्खा इन्टरनेशनल एफसी हङकङबीच प्रतिस्पर्धा हुनेछ।
  • विजेताले १४ लाख १ हजार र उपविजेताले ७ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

२७ माघ, पोखरा । सहारा क्लब पोखराको आयोजनामा २५औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताा आजदेखि सुरु हुँदैछ ।

पहिलोपटक फ्लडलाइटमा हुन लागेको प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा आज आयोजक सहारा क्लब र गुर्खा इन्टरनेशनल एफसी हङकङबीच प्रतिस्पर्धा हुनेछ ।

खेल साँझ सवा ५ बजेदेखि पोखरा रंगशालामा सुरु हुनेछ । प्रतियोगिताको २५औं वर्ष पूरा भएको अवसरमा रातिमा खेल खेलाइन लागेको हो ।

प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ क्लब, प्लानिङ ब्वाइज युनाइटेड, फ्रेन्ड्स क्लब, सहारा क्लब पोखरा तथा भारतको थन्डरबोल्ट नर्थ युनाइटेड, हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब र उज्बेकिस्तानको आभा फुटबल क्लब सहभागी छन् ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ आयोजना हुने प्रतियोगितामा यसपटक पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ।

विजेता टोलीले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसअघि २४औं संस्करणमा विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाएका थिए।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ। पोखरा महानगरपालिका संरक्षक रहने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, प्रदेश खेलकुद परिषद गण्डकी, एन्फा कास्की लगायतका निकायको सहयोग छ।

पोखरा पर्यटन वर्ष २०२५–२६ लाई प्रवर्द्धन गर्ने उद्देश्यले यसपटक अस्थायी फ्लडलाइट जडान गरी संध्याकालीन खेलहरू सञ्चालन गरिने आयोजकले यसअघि जनाइसकेको छ।

आहा रारा पोखरा गोल्डकप २५औं आहा रारा पोखरा गोल्डकप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय