२७ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गरेका छन् । मंगलबार सुनसरी–२ झुम्कामा नेताकार्यकर्तालाई सम्बोधन गर्दै थापाले यस्तो आग्रह गरेका हुन् ।
‘तपाईँहरूले कांग्रेस र मलाई विश्वास गर्नु भएको छ, माया गर्नु भएको छ,’ सभापति थापाले भने, ‘अब यो क्षेत्रबाट कांग्रेसलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु । बाँकी कुरा पूरा गर्नेछु ।’
सभापति थापाले कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतालाई बताइदिन नेताकार्यकर्तालाई आग्रह गरे ।
‘म तपाईँहरूको विश्वासमा परेको छु । हामीले भनेका कुरा पूरा गरेका छौँ, कांग्रेस बदलिएर आएको छ,’ कार्यकर्तालाई सभापति थापाले भने । बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधारसहित काम गर्ने उनले बताए ।
प्रतिक्रिया 4