News Summary
Generated by OK AI. Editorially reviewed.- कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेली नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंक गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गरेको छ।
- प्रतिनिधिमण्डलले नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण भए कतारी लगानीकर्ता दीर्घकालीन लगानीका लागि तयार रहेको बताएको थियो।
- नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक लगानी सहजीकरणका लागि महासंघ सक्रिय भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो।
२७ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ निमन्त्रणामा नेपाल भ्रमणमा आएको कतारको प्रतिनिधिमण्डलले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गरेको छ ।
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेली नेतृत्वको प्रतिनिधिमण्डल र गभर्नर पौडेलसँगको भेटवार्तामा नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ प्रणाली तथा लगानी सम्भावनाबारे छलफल भएको थियो ।
उक्त अवसरमा नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारी र नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालको सहभागिता थियो ।
सोही अवसरमा कतारी प्रतिनिधिमण्डलले नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण भए कतारी लगानीकर्ता दीर्घकालीन लगानीका लागि तयार रहेको बताएको थियो ।
छलफलमा राष्ट्र बैंक गभर्नर पौडेलले नेपालमा वैदेशिक लगानीका लागि उपलब्ध नीतिगत व्यवस्थाबारे जानकारी गराउँदै नेपालले वैदेशिक लगानीलाई प्राथमिकतामा राख्दै नीतिगत सुधार निरन्तर अघि बढाइरहेको जानकारी दिए ।
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेलीले कतारी निजी क्षेत्रको नेपालमा लगानीप्रति चासो रहेको उल्लेख गर्दै बैंकिङ, पर्यटन सूचना प्रविधि, जनशक्ति विकासका विविध क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताए ।
उनले लगानीका लागि स्पष्ट रोडम्याप भए नेपालमा कतारी लगानी भित्र्याउन सकिने धारणा राखे ।
महासंघ अध्यक्ष ढकालले नेपालमा वैदेशिक लगानी सहजीकरणका लागि महासंघ सक्रिय भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै कतारी लगानी नेपाल भित्र्यान सकिने ठोस सम्भावना रहेको धारणा राखे ।
उनले निजी क्षेत्र–निजी क्षेत्र सहकार्य, सरकार–निजी क्षेत्र संवाद र संस्थागत संयन्त्र मार्फत लगानी प्रक्रिया सहज बनाउन महासंघ प्रतिबद्ध रहेको बताए ।
प्रतिक्रिया 4