News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत इटलीसँगको खेलअघि वाङ्खडे स्टेडियममा अभ्यास गरेको छ।
- कप्तान रोहितकुमार पौडेलले इंग्ल्यान्डसँगको खेलबाट प्रेसर ह्यान्डलिङका कुरा सिकेको र आगामी खेलमा राम्रो प्रदर्शन गर्ने बताए।
- नेपालको खेल २९ माघमा इटलीसँग हुँदैछ भने इंग्ल्यान्ड र वेस्ट इन्डिजले २८ माघमा खेल्नेछन्।
२७ माघ, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणमा इटलीसँग हुने आफ्नो दोस्रो खेलअघि नेपाली क्रिकेट टोलीले मंगलबार वाङ्खडे स्टेडियममा अभ्यास गरेको छ ।
नेपाली टोलीले मंगलबार साँझ ६ बजेदेखि ९ बजेसम्म वाङ्खेडेमा अभ्यास गरेको हो । सोही समयमा वेस्ट इन्डिजको टोलीले पनि अभ्यास गरेको थियो ।
अभ्यासअघि प्रि म्याच कन्फेरेन्स पनि भएको थियो जहाँ नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले इंग्ल्यान्डसँगको खेलबाट प्रेसर ह्यान्डलिङका कुरा सिकेको र आगामी खेलमा अझ राम्रो प्रदर्शन गर्ने बताए ।
नेपालको खेल बिहीबार इटलीसँग हुँदैछ । त्यसअघि बुधबार इंग्ल्यान्ड र वेस्ट इन्डिज पनि खेल्दै छन् ।
हेर्नुस् तस्वीरहरू





















प्रतिक्रिया 4