+
+
Shares

जिल्ला अस्पताल हुम्लामा एक सातादेखि एक्सरे सेवा ठप्प, सिटामोल पनि छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते ७:३७

२८ माघ, हुम्ला । जिल्ला अस्पताल हुम्लामा एकसातादेखि एक्सरे सेवा प्रभावित भएको छ । एक्सेर मेसिनको क्यासेट बिग्रिएपछि एकसातादेखि एक्सेर सेवा ठप्प भएको हो ।

एक्सरे सेवा नहुँदा सेवाग्राहीलाई मर्कामा परेका छन् । दैनिक १० देखि १५ जना एक्सेर सेवा नहुँदा फर्किने गरेका छन् ।

एक्सेर मात्रै नभएर ल्याबमा पनि उस्तै समस्या रहेको छ । रगत चेकजाँच केमिकल, मिर्गौला, कलेजोलगायतको समस्याको जाँच गर्न केमिकल पनि अभाव रहेको छ ।

पारा सिटामोटको समेत अभाव हुदाँ हेल्थ अंश मेडिकल सेन्टरबाट ५०० ट्याब्लेट सापटी लिएर काम चलाएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख भीम बुढाले जानकारी दिए ।

एक्सरेको क्यासेट बिगेपछि सेवा ठप्प रहेको निमित्त कार्यालय प्रमुख बुढाले बताए । ३ देखि ४ लाखसम्म एक्सरे मर्मत गर्न खर्च लाग्ने भएकोले ढिलाइ भएको उनको भनाइ छ । निक्स साइमन्स इन्स्चिट्युटले मर्मत गर्ने कुरा भइसकेको उनले बताए ।

अब छिटै मर्मत हने बुढाले बताए । ‘सिटामोल ५०० ट्याब्लेट सापटी गरेर चलाएका छौं अब २ सय मात्रै बाँकी तलबाट औषधिको अर्डर भइसकेको छ’, उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?