+
+
Shares

यातायात व्यवसायी महासंघले सदस्यहरूलाई भन्यो : क्षमताभन्दा बढी यात्रु गाडीमा नचढाउनू

ओखलढुंगातर्फ जाँदै गरेको बस दुर्घटनापछि महासंघले सिट क्षमताभन्दा बढी यात्रु नराख्न सचेत गराएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले क्षमताभन्दा बढी यात्रु राखेर सार्वजनिक यातायात नचलाउन सदस्य संघ/समिति/कम्पनी/प्रालिहरूलाई आग्रह गरेको छ।
  • मंगलबार अरनिको यातायात प्रालिको बस दुर्घटनामा १२ जनाको ज्यान गएको थियो।
  • महासंघले टिकट काट्दा अनिवार्य पहिचान खुलेको प्रमाण, नाम र सम्पर्क नम्बर राख्न र हेलिकप्टर उद्धारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।

२८ माघ, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले क्षमताभन्दा बढी यात्रु राखेर सार्वजनिक यातायात नचलाउन आफ्ना सदस्य संघ/समिति/कम्पनी/प्रालिहरूलाई आग्रह गरेको छ ।

मंगलबार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको अरनिको यातायात प्रालिको बस मन्थली नगरपालिका–६ बेनिघाट पुल नजिक दुर्घटनामा पर्दा १२ जनाको ज्यान गएको थियो । घटनापछि महासंघले सिट क्षमताभन्दा बढी यात्रु नराख्न सचेत गराएको हो ।

साथै टिकट काट्दा अनिवार्य पहिचान खुलेको प्रमाण, नाम र सम्पर्क नम्बर समेत राख्न भनेको छ । यात्रुको दैनिक रेकर्ड अध्यावधिक राख्न समेत महासंघले आग्रह गरेको छ ।

महासंघले बस दुर्घटनापछि बन्ने अध्ययन प्रतिवेदनका सुझाव कार्यान्वयन गरी दुर्घटना न्यूनीकरणमा काम गर्न सरकारलाई समेत सचेत गराएको छ । साथै, सडक दुर्घटनामा तत्काल हेलिकप्टर उद्धारको व्यवस्था मिलाउन समेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?