+
+
Shares

सम्पत्ति शुद्धीकरण निवारणका आन्तरिक संयन्त्र थप सुदृढ बनाउनुपर्छ : गभर्नर

उनले वित्तीय अपराधविरुद्ध लडाइँ कुनै एउटा निकाय वा क्षेत्रमा सीमित नभएको भन्दै साझा सहकार्य आवश्यक रहेको औँल्याए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते १९:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध नियन्त्रणमा साझा प्रतिबद्धता र सहकार्य आवश्यक भएको बताए।
  • नेपाल फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रे लिस्टमा परेको अवस्थामा आन्तरिक संयन्त्र सुदृढ र विश्वव्यापी मापदण्डसँग एकाकार गर्नुपर्ने पौडेलले उल्लेख गरे।
  • भारत, बंगलादेश, श्रीलंका र मंगोेलियाका विषय विज्ञ सहभागी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सम्पत्ति शुद्धीकरण र आतंकवादी वित्तीय लगानी निवारणका चुनौतीमा छलफल भइरहेको छ।

२८ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले राज्यका जिम्मेवार निकायको साझा प्रतिबद्धता र सहकार्यबाट मात्रै सम्पत्ति शुद्धीकरण र अन्य वित्तीय अपराध नियन्त्रणमा सहयोग पुग्ने बताएका छन् ।

उनले वित्तीय अपराधविरुद्ध लडाइँ कुनै एउटा निकाय वा क्षेत्रमा सीमित नभएको भन्दै साझा सहकार्य आवश्यक रहेको औँल्याए ।

बैंकिङ, बीमा, पूँजीबजार, सहकारी र सबै सरोकारवाला पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको भन्दै पौडेलले सम्पत्ति शुद्धीकरण निवारण प्रयासमा देखिएका कमजोरी सुधार गर्दै नवीनतम अभ्यास अनुशरण गर्न सुझाए ।

‘कन्टेम्पररी इस्यु परटेइनिङ टु एन्टिमनी लाउन्डरिङ एन्ड कमब्याटिङ द फाइनान्सिङ अफ टेरोरिज्म’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्बोधन गर्दै नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’ मा परेको अहिलेको समयमा सम्पत्ति शुद्धीकरण निवारणका आन्तरिक संयन्त्र थप सुदृढ र सबलीकरण गर्नुपर्ने उनले बताए ।

‘ग्रे लिस्टमा पर्नु चुनौती भए पनि आन्तरिक संयन्त्र सुदृढ, पारदर्शी र विश्वव्यापी मापदण्डसँग एकाकार गर्नुपर्ने दिशामा महत्त्वपूर्ण पाठ सिकाएको छ,’ पौडेलले भने ।

सम्मेलनमा राष्ट्र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले सम्पत्ति शुद्धीकरण निवारणमा देखिएका जोखिम र चुनौती सम्बोधन गर्न महत्त्वपूर्ण योगदान दिने बताए ।

सम्मेलनमा भारत, बंगलादेश, श्रीलंका र मंगोेलियाका विषय विज्ञ र नेपाल राष्ट्र बैंकसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, वित्तीय क्षेत्रका नियामकीय निकाय, नेपाल सरकारका नियमनकारी र अनुसन्धानकारी निकायका प्रतिनिधि सहभागी छन् ।

सम्मेलनमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका समसामयिक चुनौती र जोखिम, सोही विषयका नियामकीय, सुपरिवेक्षकीय र न्यायिक दृष्टिकोण, सम्बद्ध निकायका क्षमता अभिवृद्धि लगायतमा सघन छलफल हुनेछ ।

सम्मेलनको पहिलो दिन दुई वटा कार्यपत्र प्रस्तुत भएका छन् भने एउटा विषयमा प्यानल छलफल भएको केन्द्रीय बैंकले जनाएको छ । बिहीबारसम्म सञ्चालन हुने सम्मेलनमा राष्ट्र बैंकका उपनिर्देशक अभियान उपाध्यायले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैगरी श्रीलंकाको वित्तीय जानकारी इकाइका वरिष्ठ सहायक निर्देशक सुपुन गुणासेकाराले दोस्रो कार्यपत्र प्रस्तुत गरेका थिए ।

छलफलमा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, वित्तीय जानकारी इकाइ प्रमुख वासुदेव भट्टराई, धितोपत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसी, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हृदयश्वर पण्डित र बंगलादेश बैंकका उपनिर्देशक मोहम्मद पैmसल कबिर सहभागी थिए ।

सम्मेलनको दोस्रो दिन बिहीबार तीन वटा कार्यपत्र प्रस्तुतिसँगै एउटा प्यानल छलफल हुनेछ । रिजर्भ बैंक अफ इन्डियाका महाप्रबन्धक विजय रैनाले र मंगोेलियाको फाइनान्सियल रेगुलेटरी युनिटका सुपरिवेक्षक नोमिचुलुन बाट्सुखले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?