News Summary
Generated by OK AI. Editorially reviewed.- थाइल्यान्डमा सुरु भएको राइजिङ स्टार्स महिला एसिया कप क्रिकेटमा नेपाल पाकिस्तान 'ए' सँग ३० रनले पराजित भएको छ।
- नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो भने पाकिस्तानले १३७ रन बनाएको थियो।
- नेपालले दोस्रो खेलमा आइतबार भारत 'ए' सँग प्रतिस्पर्धा गर्नेछ र समूह 'ए' मा भारत 'ए', पाकिस्तान 'ए' र यूएई छन्।
१ फागुन, काठमाडौं । थाइल्यान्डमा आजदेखि सुरु भएको राइजिङ स्टार्स महिला एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
नेपाल पाकिस्तान ‘ए’ सँग ३० रनले पराजित भएको हो । पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि बिन्दु रावलले सर्वाधिक ३९ रन बनाइन् । सीता राना मगर १५ रनमा अविजित रहिन् भने कविता कुँवर १३ रनमा अविजित रहिन् । कप्तान पूजा महतोले ११ रन बनाइन् ।
पाकिस्तानका लागि अनोशा नासिरले ४ ओभरमा २० रन दिएर ३ विकेट लिइन् । मोमिना रियासतले २ विकेट लिइन् । वाहीदा अख्तरले १ विकेट लिइन् ।
त्यसअघि तेरथाइ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तान ‘ए’ ले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएको थियो ।
कप्तान हफ्सा खालिदले अविजित ४८ रन बनाइन् । वाहीदा अख्तरले २३ रन बनाइन् । हुरेना सजादले १७ रन बनाइन् ।
नेपालका लागि कविता कुँवरले २ विकेट लिइन् भने मनिषा उपाध्याय, रिया शर्मा, सीता रानामगर र रुबिना क्षेत्रीले १-१ विकेट लिए ।
नेपालले अब दोस्रो खेलमा आइतबार भारत ‘ए’ सँग खेल्नेछ । नेपाल समूह ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँग परेको छ ।
समूह ‘बी’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र थाइल्यान्ड छन् ।
प्रतिक्रिया 4