News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा भ्यालेन्टाइन्स डे को अवसरमा शुक्रबारदेखि ३ नेपाली र ३ विदेशी भाषाका गरी ६ फिल्म रिलिज भएका छन्।
- नेपाली फिल्महरू 'बिगुल', 'श्री बुकुरो' र 'शिवांश' विभिन्न कथावस्तु र युनिभर्सल सर्टिफिकेटसहित प्रदर्शनमा आएका छन्।
- विदेशी फिल्महरूमा बलिउडको 'तू या मेँ', 'ओ रोमियो' र हलिउडको 'वुदरिङ हाइट्स' प्रदर्शनमा आएका छन्।
काठमाडौं । ‘भ्यालेन्टाइन्स डे’ को छेकोमा शुक्रबारदेखि नेपालका हलमा ३ नेपालीसहित ६ फिल्म रिलिज भएका छन् । जसमध्ये, बाँकी ३ वटा विदेशी भाषाका छन् ।
नेपालका बिगुल, श्री बुकुरो र शिवांश प्रदर्शनमा आएका छन् । बलिउडको ‘तू या मेँ’ र ‘ओ रोमियो’ तथा हलिउडको ‘वुदरिङ हाइट्स’ पनि प्रदर्शनमा आएका छन् ।
एकैपटक ६ फिल्म रिलिज भएकाले दर्शकलाई आफ्नो रुचिअनुसार फिल्म हेर्ने सुविधा उपलब्ध छ । जसमध्ये प्रदर्शनमा आएका फिल्मको संक्षिप्त चर्चा गरौं ।
‘बिगुल’ लाई रमेश कोइरालाले निर्देशन गरेका हुन् । दिनेश कोइराला निर्देशित फिल्ममा बेनिशा हमाल र नरेन खड्काको शीर्ष भूमिका छ । वर्तमान राजनीतिक कथावस्तु र सन्दर्भको फिल्मलाई पोल्टिकल ड्रामा बताइएको छ । १३९ मिनेट रनटाइमको फिल्मलाई यूनिभर्सल सर्टिफिकेट प्राप्त छ ।
‘श्री बुकुरो’ लाई सुदीपभूपाल सिंहले निर्देशन गरेका हुन् । लक्ष्मी गिरी, आशीर्वाद क्षेत्री, निकिता आचार्यको शीर्ष भूमिका रहेको फिल्म पारिवारिक कथावस्तुमा आधारित छ । १५३ मिनेट रनटाइमको फिल्मले यूनिभर्सल प्रमाणपत्र पाएको छ ।
‘शिवांश’ लाई सन्तोष आत्रेयले निर्देशन गरेका हुन् । प्रवीण खतिवडा, तेज गिरी, विकास जोशी, रुसा न्यौपानेको अभिनय रहेको फिल्मले साधुको भेसमा हुने अपराधको कथा भन्छ । १३४ मिनेट रनटाइमको कथाले युनिभर्सल प्रमाणपत्र पाएको छ ।
‘ओ रोमियो’ लाई बलिउडको हिन्दी भाषी फिल्म हो । विशाल भारद्धाज निर्देशित फिल्ममा शाहीद कपुर, तृप्ती डिमरीको शीर्ष भूमिका छ । १७९ मिनेट रनटाइमको फिल्मलाई १६ वर्ष तलका दर्शकले हेर्न पाउँदैनन् । यो एडल्ट फिल्म हो ।
‘तू या मेँ’ पनि रिलिज भएको अर्को हिन्दी फिल्म हो । आदर्श गौरव र सान्या कपूर अभिनिति फिल्मलाई विजय नाम्बियारले निर्देशन गरेका हुन् । यो थ्रीलर रोमान्टिक फिल्मको रनटाइम १४५ मिनेट र सर्टिफिकेट पीजी छ ।
‘वुदरिङ हाइट्स’ लाई ड्रामा रोमान्स जनरामा राखिएको छ । एमराड फेनेल निर्देशित फिल्ममा मार्गोट रोबी, ज्याकब एलोर्डीको शीर्ष अभिनय छ । यो हलिउड फिल्मको रनटाइम १३६ मिनेट र सर्टिफिकेट एडल्ट छ ।
प्रतिक्रिया 4