+
+
Shares

‘गरिमा सुवर्ण योजना’ सार्वजनिक निष्कासन स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १ गते १४:५७

१ फागुन, काठमाडौं । गरिमा म्युचुअल फन्ड अन्तर्गत गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्वक तथा सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको १ अर्ब बराबरको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ ।

धितोपत्र बोर्डबाट स्वीकृत यस योजना विकास बैंक कोष प्रवर्द्वक रहने गरी निष्कासन हुने नेपालकै पहिलो खुलामुखी योजना हो । प्रारम्भिक रूपमा ५० करोड रकम बराबरको प्रतिइकाइ १० रुपैयाँका दरले ५ करोड इकाइ बिक्रीका लागि सार्वजनिक निष्कासन हुने उक्त योजनामा आवेदकले न्यूनतम १ सयदेखि अधिकतम ५० लाख इकाइसम्म आवेदन दिन सक्नेछन् ।

गरिमा विकास बैंक कोष प्रवर्द्वक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहने गरी यसअघि सार्वजनिक निष्कासन गरिएको १ अर्ब २५ करोड रकम बराबरको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘गरिमा समृद्धि योजना’ हाल सञ्चालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?