+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

राप्रपाको चुनावी संकल्पपत्र : शासकीय स्वरुप- राजसंस्था, गन्तव्य- पृथ्वीपथ (पूर्णपाठ)

‘गैरदलीय स्थानीय तह, दुई तहका शासकीय संरचना’

राप्रपाले आफ्नो घोषणापत्रलाई ‘संकल्प पत्र’ को नाम दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २ गते १४:१८

२ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी घोषणापत्र पढेर सार्वजनिक गरेका हुन् ।

राप्रपाले आफ्नो घोषणापत्रलाई ‘संकल्प पत्र’ को नाम दिएको छ । राप्रपाले घोषणापत्रमा अबको गन्तव्यको रुपमा ‘सबल, समृद्ध र सम्मुनत नेपाल–पृथ्वी पथ’ लाई राखेको छ ।

राप्रपाले शासकीय स्वरूप पनि घोषणापत्रमा राखेको छ । जहाँ अभिभावकीय संस्थाको रुपमा राजसंस्था हुनुपर्ने राप्रपाको घोषणा छ ।

‘प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई शासकीय संरचना’ पनि उसले घोषणापत्रमा उल्लेख गरेको छ ।

त्यस्तै, गैरदलीय स्थानीय तहको अवधारणा पनि राप्रपाले घोषणापत्रमा राखेको छ ।

जलस्रोत, पर्यटन, कृषि, सूचना, प्रविधि, सुशासन लगायतका विषयलाई पार्टीले आफ्नो घोषणापत्रमा समेटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?