+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

धनकुटाका उम्मेदवारको शैक्षिक योग्यता : सामान्य लेखपढदेखि एमए पाससम्म

एमए पास गर्ने नेकपाका पौडेल र स्वतन्त्र उम्मेदवार तामाङ मात्रै

ईश्वर थापा ईश्वर थापा
२०८२ फागुन ३ गते १०:०८

३ फागुन, धनकुटा । एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटा जिल्लामा १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये एक जना उम्मेदवारले आफ्नो शैक्षिक योग्यता उल्लेख गरेका छैनन् । १६ जना उम्मेदवारले आफ्नो शैक्षिक योग्यता उल्लेख गरेको निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

शैक्षिक योग्यता उल्लेख गर्ने १६ जनामा साधारण लेखपढदेखि स्नातकोत्तर गरेकासम्म रहेका छन् । धनकुटाका उम्मेदवारमध्ये सबैभन्दा बढी ६ जनाले आईए अर्थात उच्च मावि उत्तीर्ण गरेको उल्लेख गरेका छन् ।

यस्तै एसएलसी गरेका चार जना, स्नातक गरेका तीन जना, स्नातकोत्तर गरेका दुई जना, साधारण लेखपढ गरेका एक जना र विवरण नखुलाएका उक जना रहेका छन् । उम्मेदवारहरूको वैयक्तिक विवरणमा मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार सागर राईले शैक्षिक योग्यता खुलाएका छैनन् ।

एमए पास गरेको उल्लेख गर्ने उम्मेदवारमा नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेलले र स्वतन्त्र उम्मेदवार लाक्पा तामाङ रहेका छन् ।

स्नातक उत्तीर्ण गरेका उम्मेदवारहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापा (वि.एड.डब्लु) र नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी रहेका छन् ।

नेकपा एमालेका राजेन्द्र राईले आईए, नेपाली कांग्रेसका दिनेश राईले आइएड, जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बूले आइएड, राष्ट्रिय परिवर्तन पार्टीका शालिकराम राईले +२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्लीले +२ र जनता समाजवादी पार्टीका निशास राईले +२ पास उल्लेख गरेको उल्लेख गरेका छन् ।

यस्तै एसएलसी पास गरेको उल्लेख गर्नेमा श्रम संस्कृति पार्टीका सान कुमार राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का रविनकुमार राई र स्वतन्त्र उम्मेदवार जितेन्द्र राई र मनकुमार योञ्जन रहेका छन् ।

यता आम जनता पार्टीका प्रेमबहादुर थापाले भने आफ्नो शैक्षिक योग्यतामा साधारण लेखपढ उल्लेख गरेका छन् । धनकुटामा प्रत्यक्षमा दलित र महिलाको उम्मेदवारी पनि परेको छैन् । उम्मेदवारहरू अहिले मतदातासँग मत माग्न घरदैलोमा व्यस्त रहेका छन् ।

२०७९ भदौ १३ गते नेपाल राजपत्रमा प्रकाशित निर्वाचन आयोगको आचारसंहितामा उम्मेदवारी दर्तासँगै उनीहरुको वैयक्तिक पृष्ठभूमि र शैक्षिक योग्यता पनि पेस गर्नुपर्ने व्यवस्था छ । त्यसअनुसार धनकुटाका १६ जना उम्मेदवारले शैक्षिक योग्यता खुलाएका छन् । एक जनाले भने विवरण खुलाएका छैनन् । विवरण नखुलाउनेलाई कुनै ऐन वा कानुनले शैक्षिक योग्यता अनिवार्य खुलाउनु पर्ने बाध्यता भने सिर्जना भने गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?