+

वेस्ट इन्डिजविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, सोमपालले खेल्दै

२०८२ फागुन  ३ गते १०:५१ २०८२ फागुन ३ गते १०:५१
वेस्ट इन्डिजविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, सोमपालले खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
  • नेपालले ललित राजवंशीको स्थानमा सोमपाल कामीलाई प्लेइङ ११ मा समावेश गरेको छ।
  • नेपालले समूह चरणका बाँकी खेल जित्नैपर्ने दबाबमा छ भने वेस्ट इन्डिजले जिते सुपर ८ मा पुग्नेछ।

३ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस हारेको छ ।

मुम्बईस्थित वानखेडे स्टेडियममा वेस्ट इन्डिजका कप्तान शाइ होपले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

नेपाली टोलीले आजको खेलका लागि एक परिवर्तन गरेको छ । ललित राजवंशीको स्थानमा सोमपाल कामी नेपालको प्लेइङ ११ मा आएका छन् ।

समूह चरणमा सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि योसहित बाँकी खेल पनि महत्वपूर्ण छ र जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर ८ मा पुग्ने संघारमा छ ।

नेपालविरुद्धको खेल जितेमा वेस्ट इन्डिज सुपर ८ मा पुग्नेछ भने नेपाल एक खेल अगावै बाहिरिनेछ । नेपाललाई दुवै खेल जितेर पनि पुग्ने अवस्था भने छैन । अन्य नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

टी-२० विश्वकप २०२६ नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय