+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

सिन्धुलीमा जिपको ठक्करबाट बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

जिपको ठक्करबाट बालकको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयले मध्यपहाडी राजमार्गको खुर्कोट घुर्मी सडक खण्ड अवरुद्ध गरेका छन् ।

कपिल कोइराला कपिल कोइराला
२०८२ फागुन ३ गते १६:३५

३ फागुन, काभ्रेपलाञ्चोक । सिन्धुलीमा जिपको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोलञ्जोर गाउँपालिका–२ का अन्दाजी ८ वर्षीय बालक अषिक बयलकोटी रहेका छन् ।

गोलञ्जोर गाउँपालिकाकै वडा नम्वर –३ लामासोती स्थित मध्यपहाडी लोकमार्गमा ना १ ज ४६२३ नम्बरको जिपको ठक्करबाट बयलकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका बालकको गोलन्जोर आधारभूत अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको उक्त जिपले पैदल हिँडिरहेका बालक बलयकोटीलाई ठक्कर दिएको थियो ।

जिप र चालक २७ वर्षीय गोपाल भुजेललाई इलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ ।

जिपको ठक्करबाट बालकको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयले मध्यपहाडी राजमार्गको खुर्कोट घुर्मी सडक खण्ड अवरुद्ध गरेका छन् ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?