+
टी-२० विश्वकप २०२६ :

पाकिस्तानमाथि रवाफिलो जितसहित भारत सुपर ८ मा

२०८२ फागुन  ३ गते २२:४५ २०८२ फागुन ३ गते २२:४५
पाकिस्तानमाथि रवाफिलो जितसहित भारत सुपर ८ मा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत भारतले पाकिस्तानलाई ६१ रनले पराजित गर्दै सुपर ८ मा प्रवेश गरेको छ।
  • भारतले दिएको १७६ रनको लक्ष्य पाकिस्तानले १८ ओभरमा ११४ रनमा अलआउट भएर पछ्याएको थियो।
  • भारत ३ खेलमा ६ अंकसहित समूह 'ए' को शीर्षस्थानमा रहेको छ भने पाकिस्तान ४ अंकसहित तेस्रो स्थानमा छ।

३ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानमाथि रवाफिलो जित हासिल गर्दै सुपर ८ मा प्रवेश गरेको छ।

श्रीलंकाको कोलोम्बोमा भएको खेलमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको हो । भारतले दिएको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८ ओभरमा ११४ रनमा अलआउट भयो ।

पाकिस्तानका लागि उसमान खानले सर्वाधिक ४४ रन बनाए । शाहीन अफ्रिदीले अविजित २३ रन बनाए भने शादाब खानले १४ अनि फहीम असरफले १० रन बनाए ।

भारतका लागि हार्दिक पान्ड्या, जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले २-२ विकेट लिँदा कुलदीप यादव र तिलक वर्माले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । भारतका लागि इशान किशनले ४० बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ७७ रन बनाए ।

कप्तान सूर्यकुमार यादवले ३२, शिवम दुबेले २७ तथा तिलक वर्माले २५ रन बनाए ।

पाकिस्तानका लागि सायम अयुबले ३ विकेट लिए । सलमान आघा, शाहीन अफ्रिदी र उसमान तारिकले १-१ विकेट लिए ।

यस जितसँगै भारत ३ खेलमा ६ अंकसहित समूह ‘ए’ को शीर्षस्थानमा रहेको छ । पाकिस्तान ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

भारतले अब नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ भने पाकिस्तानले नामिबियासँग खेल्नेछ ।

टी-२० विश्वकप २०२६ भारत पाकिस्तान क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय