News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी र्यापर-गीतकार कान्ये वेस्टले मार्च २९ मा नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू स्टेडियममा पहिलो पटक भारतमा कन्सर्ट गर्ने भएका छन्।
- कान्ये वेस्टले आफ्नो विश्वव्यापी कन्सर्ट श्रृंखलाको हिस्सा ‘ए लाइभ’ शीर्षकको कार्यक्रम आयोजना गर्न लागेका हुन्।
- कार्यक्रमका टिकटहरू फेब्रुअरी १८ बेलुका ४ बजे ‘डिस्ट्रिक्ट बाई जोमाटो’ मार्फत उपलब्ध हुनेछन्।
नयाँ दिल्ली । अमेरिकी र्यापर-गीतकार कान्ये वेस्टले भारतमा पहिलो पटक कन्सर्ट गर्न लागेका छन् ।
‘ए लाइभ’ शीर्षकको उक्त कन्सर्ट मार्च २९ मा नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने तय भएको छ । यो कार्यक्रम उनको विश्वव्यापी कन्सर्ट श्रृंखलाको हिस्सा हो ।
उनले हालै आफ्नो नाम ‘वाई-ई’ अर्थात ‘ए’ राखेका थिए । १६ करोडभन्दा बढी रेकर्ड बिक्री गरेका चर्चित संगीत कलाकार कान्ये वेस्ट २४ वटा ग्रामी अवार्डका विजेता हुन् ।
“स्लो जाम्ज”, “कार्निभल”, “स्ट्रङगर”, “बिलिभ ह्वाइट आई से” र “बिटरस्वीटर पोएट्री’ जस्ता गीतहरूमा देखिने उनको फरक-फरक शैलीका कारण उनी संगीत क्षेत्रमा विशेष रूपमा चिनिन्छन् ।
प्रेस विज्ञप्तिअनुसार, ह्वाइट फक्स, प्लस इन्टरटेनमेन्ट र विज-क्राफ्टले आयोजना गर्न लागेको उक्त कन्सर्टले “यस क्षेत्रमा अन्तर्राष्ट्रिय सांगीतिक भ्रमणको स्तरलाई नयाँ रूपमा परिभाषित गर्ने’ बताइएको छ ।
शोको आयोजना बारे हवाइट फक्सका संस्थापक अमनले भनेका छन्, ‘यो कार्यक्रम ऐतिहासिक महसुस होस् भन्ने हाम्रो चाहना हो र त्यस्तै भइरहेको छ । एक रात, एक प्रस्तुति, पहिलो पटक । भारतले अहिलेसम्म नदेखेको सबैभन्दा ठूलो कन्सर्ट बनाउने हाम्रो लक्ष्य हो, जसमा धेरै दर्शकलाई सहभागी हुने अवसर मिलोस् ।’
कार्यक्रमका टिकटहरू फेब्रुअरी १८ बेलुका ४ बजेबाट ‘डिस्ट्रिक्ट बाई जोमाटो’ मार्फत उपलब्ध हुनेछन् ।
प्रतिक्रिया 4