News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'लालिमा' को पहिलो गीत 'तिमीलाई माया गर्छु' २९ फागुनमा रिलिज तयारीमा सार्वजनिक भएको छ।
- गीतमा प्रीति कौरले स्वर दिएकी छन् भने शब्द रोशन मिराज, केएम जोशी र गायिका कौरको छन्।
- गीतको भिडिओमा रोशनी कार्की र जीवन भट्टराई फिचर्ड छन् र फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, सुष्मा निरौलालको अभिनय छ।
काठमाडौं । २९ फागुनबाट रिलिज तयारीमा रहेको फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ ।
गीतमा प्रीति कौरले स्वर दिएकी छन् । शब्द रोशन मिराज, केएम जोशी र गायिका कौरको छन् । एरेन्ज, मिक्सिङ, मास्टरिङ र संगीत जोशीको हो ।
गीतको भिडिओमा रोशनी कार्की र जीवन भट्टराई फिचर्ड छन् । अन्य कलाकार उषा रजक, शिशिर वाङ्देल र सुष्मा निरौलालगायतका फिल्मका दृश्यलाई भिडिओमा समावेश गरेर निर्माण पक्षले कथाबारे जानकारी दिन खोजेको छ ।
भिडियोमा रोशनी र जीवनको द्वन्द्व-रोमान्स देख्न सकिन्छ । रोशनीको चरित्रको यौन व्यवसायको पाटो र उनी मानसिक रूपमा विक्षिप्त भएको भिडियोमा देखिन्छ ।
रोशन मिराजको लेखन-निर्देशनमा बनेको यस फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौलालगायतको अभिनय छ ।
फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ ।
प्रतिक्रिया 4