+

टी-२० विश्वकप : हालसम्म पाँच टोली सुपर ८ मा पुगे, कसको प्रतिद्वन्दी को?

२०८२ फागुन  ५ गते १०:३१ २०८२ फागुन ५ गते १०:३१
टी-२० विश्वकप : हालसम्म पाँच टोली सुपर ८ मा पुगे, कसको प्रतिद्वन्दी को?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकप २०२६ को समूह चरण सकिनै लाग्दा सुपर ८ मा प्रवेश गर्ने पाँच टोलीको टुङ्गो लागेको छ।
  • समूह बी मा रहेको श्रीलंका अस्ट्रेलियामाथि जित निकाल्दै सुपर ८ मा पाँचौं टोली बनेको छ।
  • सुपर ८ मा दुई समूह (एक्स र वाई) हुनेछन्, जसमा भारत, अस्ट्रेलिया, वेस्ट इन्डिज, दक्षिण अफ्रिका एक्स समूहमा छन् र इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, श्रीलंका वाई समूहमा छन्।

५ फागुन, मुम्बई । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भइरेहको आईसीसी टी-२० विश्वकप २०२६ को समूह चरणको खेलहरु सकिनै लाग्दा सुपर ८ मा प्रवेश गर्ने टोलीको टुङ्गो पनि लाग्दैछ ।

अहिलेसम्म सुपर ८ खेल्ने ८ मध्ये ५ टोलीको टुङ्गो लागिसकेको छ । सोमबार समूह बी मा रहेको सहआयोजक श्रीलंकाले अस्ट्रेलियामाथि शानदार जित निकालेपछि श्रीलंका सुपर ८ मा पुग्ने पाँचौं टोली बनेको हो ।

यसअघि नै समूह ‘ए’ बाट भारत, समूह डी बाट दक्षिण अफ्रिका तथा समूह सी बाट वेस्ट इन्डिज र इंग्ल्यान्डले सुपर ८ मा स्थान पक्का गरिसकेका छन् । अब समूह ए, बी र सी बाट एक-एक टिम सुपर ८ टमा पुग्न बाँकी छन् ।

१०औं संस्करणको टी-२० विश्वकपमा विश्वका उत्कृष्ट २० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरेर खेलाइएको थियो ।

समूह चरणको खेलपछि हरेक समूहबाट शीर्ष दुई टोली सुपर ८ मा पुग्ने प्रावधान छ । समूह चरणको हरेक टोलीले चार खेल खेल्न पाउनेछन् ।

सुपर एटमा कसको प्रतिद्वन्दी को ?

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टी-२० विश्वकप सुरु हुनुअघि नै सुपर एटका लागि ठूला टेस्ट राष्ट्रहरुको वरियता निर्धारण गरेर कुन समूहमा पर्ने तय गरिसकेको थियो ।

सुपर ८ मा एक्स र वाई गरी दुई समूह हुनेछन् । जसमा एक्स समूहमा भारत, अस्ट्रेलिया, वेस्ट इन्डिज र दक्षिण अफ्रिकालाई समावेश गरिएको छ । यस्तै वाई समूहमा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंकालाई राखिएको थियो ।

यदि वरियता निर्धारिण गरिएका यी आठबाहेक अन्य कुनै टोली सुपर ८ मा पुगेमा वरियता छुट्याइएको टोलीको स्थानमा सुपर ८ मा खेल्नेछन् । जस्तै यदि अस्ट्रेलियाको सट्टा कुनै टोली त्यस समूहबाट सुपर ८ पुगेमा अस्ट्रेलियाको स्थानमा सुपर ८ मा रहनेछ ।

अहिलेसम्म सुपर ८ पुगेकामध्ये आयोजक भारत, वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले एक्स समूहमा खेल्लेनछन् । अब यस समूहमा एक टोली आउन बाँकी छ ।

यस्तै अर्को आयोजक श्रीलंका र इंग्ल्यान्डले वाई समूहमा खेल्नेछन् । यस समूहमा दुई टोली छनोट हुन बाँकी छन् ।

सुपर एटमा दुई समूहमा चार-चार टिम हुनेछन् । आफ्नो समूहमा सबै टिमले एक आपसमा खेल्नेछन् । त्यसपछि दुवै समूहको शीर्ष दुईमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

टी-२० विश्वकप २०२६ सुपर ८ समिकरण

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय