+
+
Shares

पैदलयात्रीलाई कार चालकले मुक्का हानेको घटना चप्पल कारखानाको

पैदलयात्रीलाई कार चालकले मुक्का हानेको घटना चप्पल कारखाना अगाडिको सडकको रहेको खुलेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १५:१४

५ फागुन, काठमाडौं । पैदलयात्रीलाई कार चालकले मुक्का हानेको घटना चप्पल कारखाना अगाडिको सडकको रहेको खुलेको छ ।

पैदलयात्रीलाई मुक्का हानेको भिडियो सार्वजनिक भएपछि अनुसन्धान गरेको प्रहरीले यो घटना महाराजगञ्जस्थित चप्पल कारखाना अगाडिको सडकको रहेको पत्ता लगाएको हो । कारको नम्बरसमेत खुलिसकेकाले यातायात कार्यालयमार्फत उक्त कार कसको नाममा रहेको पत्ता लगाएर प्रहरीले पहिचान गर्नेछ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले भिडियो प्राप्त भइसकेकाले कुट्ने व्यक्तिको खोजी सुरु गरिएको बताए । ‘भिडियो हामीलाई पनि प्राप्त भएको छ । हामीले कार र व्यक्ति पहिचानका लागि अनुसन्धान अघि बढाइसकेका छौं । कारबाहीको दायरामा ल्याउँछौं,’ भट्टराईले भने ।

अहिले कार चालकले पैदलयात्रीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । कारबाट झरेका व्यक्तिले गाली गर्दै पिटेको देखिन्छ । त्यसपछि अर्को एक महिला आएर पनि गाली गरेको भिडियोमा सुनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?