+
+
Shares
बर्लिन फिल्म फेस्टिभल :

बर्लिनमा मिसेल योह र मीन भामबीच भेट : के कुराकानी भयो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १२:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हलिउड अभिनेत्री मिसेल योह र नेपाली निर्देशक मीनबहादुर भामबीच बर्लिन फिल्म फेस्टिभलमा भेट भएको छ।
  • योहलाई फेस्टिभलको शीर्ष सम्मान 'गोल्डेन बेयर' प्रदान गरिएको थियो।
  • भामले योहलाई बधाई दिएका थिए र एसियाली फिल्मको उदयबारे कुराकानी भएको थियो।

काठमाडौं । हलिउड र नेपालका दुई ठूला फिल्म स्टारबीच बर्लिन फिल्म फेस्टिभलमा भेट भएको छ । अस्कर विजेता हलिउड अभिनेत्री मिसेल योह र फेस्टिभलका जुरी सदस्य तथा नेपाली फिल्म निर्देशक मीनबहादुर भामबीच फेस्टिभलकै क्रममा भेट भएको हो ।

यसवर्षको बर्लिन फेस्टिभलमा अभिनेत्री योहलाई त्यहाँको शीर्ष सम्मान ‘गोल्डेन बेयर’ प्रदान गरिएको थियो । विश्व फिल्ममा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई फेस्टिभलको उद्घाटनमा सम्मान प्रदान गरिएको थियो । सम्मान थाप्न त्यहाँ पुगेकी योह र भामबीच भेट भएको हो ।

‘गोल्डेन बेयर’ सम्मानको लागि जुरी सदस्य भामले अभिनेत्री योहलाई बधाई ज्ञापन गरेका थिए । मलेसियाली अभिनेत्री समेत रहेकी योहले सन् २०२२ मा ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ मा अस्करमा सर्वोकृष्ट अभिनेत्रीको विधा जितेकी थिइन् ।

भेटमा यी दुई फिल्मकर्मीबीच विश्व मञ्चमा एसियाली फिल्मको उदयबारे संक्षिप्त कुराकानी समेत भएको थियो । निर्देशक भाम भारतीय अभिनेता आमिर खानपछि बर्लिनको अन्तर्राष्ट्रिय जुरी सदस्य बन्ने दोस्रो दोस्रो दक्षिण एसियाली फिल्ममेकर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?