+
+
Shares

कलेज पढ्ने युवतीलाई पछ्याएर अश्लील व्यवहार गर्ने युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १४:१०

७ फागुन, काठमाडौं । कजेल पढ्ने युवती पछ्याउँदै आतंकित पार्ने र दुर्व्यहार गर्ने युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाजुराको बडिमालिका नगरपालिका–३ घर भइ काठमाडौं–१४ सुनारगाउँ बस्ने २५ वर्षीय गोपाल खड्का छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका एससपी रामेश्वर कार्कीका अनुसार, उनलाई बिहीबार साँझ ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको हो । उनले कुलेश्वर कालिमाटी क्षेत्रमा बिहान कलेज पढ्न हिँडेका युवतीलाई पछ्याउँदै अश्लील क्रियाकलाप गर्दै दुर्व्यवहार गर्ने पाइएको प्रहरीले बताएको छ ।

लामो समयदेखि यस्तो गुनासो आए पनि ती युवक पक्राउ पर्न सकेका थिएनन् । कलेज पढ्ने एक युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी समेत दिएकी थिइन् ।

त्यसपछि प्रहरीले कालिमाटी कुलेश्वर एरियाका सीसीक्यामेरा फुटेजमार्फत उक्त हर्कत गरेको भिडियो नै प्राप्त गरेको थियो । सोही भिडियोको आधारमा व्यक्ति पहिचान गरेर प्रहरीले बिहीबार खड्कालाई पक्राउ गरेको हो ।

उनले बिहानको समय  (६ बजेदेखि साढे ६ बजेको आसपासमा) कलेज हिँडेका युवतीलाई फलो गर्दै यस्तो हर्कत गरेको पाइएको प्रहरीले बताएको छ ।

यसअघि काठमाडौं उपत्यकामै चल्ने यात्रुबाहक बसमा यस्तै हर्कत गरेको आरोपमा एक युवक पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?