+
+
Shares

कांग्रेसको प्रतिज्ञापत्र : तीन वर्षमुनि र ७३ वर्षमाथिका नागरिकलाई नि:शुल्क उपचार

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १८:१५

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले तीन वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ  नागरिकलाई जुनसुकै अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था प्रतिज्ञापत्र गरेका छ ।

प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिज्ञापत्र  सार्वजनिक गर्दै कांग्रेसले आथिक अभावको कारण कसैले पनि उपचारबाट वञ्चित हुन नपरोस् र हरेक नेपालीको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुगोस् भन्ने उद्देश्यले यस्तो प्रतिज्ञा गरिएको उल्लेख छ ।

प्रतिज्ञापत्रमा युनिभर्सल हेल्थ कभरेज र स्वास्थ्य समताको पाट्टोलाई अगाडि सारेको छ ।

नि:शुल्क स्वास्थ्यलाई प्रतिबद्धताको रुपमा राखेको छ । स्वास्थ्य बीमा सबैलाई समेट्ने र सबै उपचार बीमामार्फत गर्ने उल्लेख गरेको छ ।

त्यसैगरी सबै तहको सरकारको  कुल बजेटमा स्वास्थ्य क्षेत्रको हिस्सा कम्तीमा १० प्रतिशत पुर्‍याउने  जनाएको छ ।

एक नागरिक, एक डिजिटिल स्वास्थय प्रोफाइल लागू गर्दै सेवाको गुणस्तर र शुल्कमा देशैभर एकरुपता कायम गर्ने घोषणा गरेका छ ।

त्यस्तै, कांग्रेसले क्यान्सर, मिर्गोला तथा कलेजो प्रत्यारोपण र मुटु रोगजस्ता महँगो उपचारका खर्च लाग्ने उपचारमा स्वास्थ्य बीमा मार्फत ‘असीमित र पूर्ण राहत’ दायरा ल्याउने जनाएको छ ।

पहुँच हुनेले विदेशमा उपचार पाउने र नहुने स्वदेशमै पनि ओखती नपाउने विभेदकारी अवस्थाको पूर्ण अन्त्य गर्ने कांग्रेसले उल्लेख गरेको छ ।

स्वास्थ्य जनशक्ति तर्फ खाली रहेका जनशक्तिको एक वर्षभित्र परिपूति गर्ने प्रतिबद्धता जनाएको छ ।

‘स्वास्थ्य जनशक्तिलाई उत्पेरित गर्न र टिकाइराख्न रुचि एवमं विज्ञता अनुसार समायोजन, व्यवस्थापन, क्षमता अभीवृद्धि र प्रोत्साहन प्याकेजको व्यवस्था गर्छौं,’ प्रतिज्ञापत्रमा भनिएको छ, ‘ स्वदेशमै सेवा , गौरवको अनुभव अभियानमार्फत स्वास्थ्यकर्मीको पारिश्रमिक र सुविधा समयानुकूल वृद्धि गछौं ।’

नसर्ने रोगहरूको प्रकोप कम गर्ने स्वस्थ्य हावापानी, वातावरण र सक्रिय जीवनशैलीलाई प्रोत्साहन गर्दै रोग लाग्नै नदिने अवस्था सिर्जना गर्न ‘म स्वस्थ्य मेरो परिवार स्वस्थ्य’ महाअभियान सञ्चालन गर्ने जनाएको छ ।

त्यसैगरी घरमा रहेका बिरामीलाई अस्पतालसँग जोडन एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्न चाहेमा स्थानीय तहलाई सहयोग र समवन्य गर्ने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?