+
+
Shares

मातृभाषी चलचित्र प्रवर्द्धन गर्न सम्बद्ध १४ जातीय संस्थासँग सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १४:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डले मातहतको आदिवासी जनजाति तथा मातृभाषी चलचित्र प्रवर्द्धन समितिको सिफारिसमा विभिन्न जातीय भाषाका चलचित्रसँग सम्बन्धित संघ-संस्थासँग सम्झौता गरेको छ।
  • बोर्डले मातृभाषी तथा आदिवासी जनजाति चलचित्र संरक्षण, संवद्र्धन र प्राविधिक क्षमता अभिवृद्धिका लागि ४१ लाख ९५ हजार रुपैयाँ स्वीकृत गरेको छ।
  • सम्झौताअन्तर्गत निर्देशन, छायांकन, पटकथा लेखन, अभिनय, सांस्कृतिक संरक्षणसम्बन्धी तालिम र आदिवासी जनजाति चलचित्र महोत्सव सञ्चालन गरिने बोर्ड अध्यक्ष दिनेश डीसीले बताउनुभयो।

काठमाडौं । चलचित्र विकास बोर्डले मातहतको आदिवासी जनजाति तथा मातृभाषी चलचित्र प्रवर्द्धन समितिको सिफारिसमा विभिन्न जातीय भाषाका चलचित्रसँग सम्बन्धित संघ-संस्थासँग सम्झौता गरेको छ ।

मातृभाषी तथा आदिवासी जनजाति चलचित्रको संरक्षण, संवद्र्धन र प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विविध तालिम, कार्यशाला तथा महोत्सव सञ्चालनका लागि ४१ लाख ९५ हजार रुपैयाँ रकम स्वीकृत गरिएको बोर्डले जनाएको छ ।

सम्झौताअन्तर्गत निर्देशन, छायांकन, पटकथा लेखन, अभिनय, सांस्कृतिक संरक्षणसम्बन्धी प्रशिक्षण तथा आदिवासी जनजाति चलचित्र महोत्सवजस्ता कार्यक्रम सञ्चालन गरिनेछन् । यी कार्यक्रम देशका विभिन्न जातीय समुदायमा सक्रिय चलचित्रकर्मीलाई लक्षित गरी सञ्चालन गरिने बोर्डले जनाएको छ ।

बोर्ड अध्यक्ष दिनेश डीसीले यस निर्णयलाई समावेशी चलचित्र विकासतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरे ।

उनले भने, ‘नेपाल बहुभाषिक र बहुसांस्कृतिक देश हो । हाम्रो चलचित्र क्षेत्रले पनि त्यही विविधतालाई आत्मसात् गर्नुपर्छ । आदिवासी जनजाति तथा मातृभाषी चलचित्र प्रवद्र्धन गर्नु केवल सांस्कृतिक दायित्व मात्र होइन, यो हाम्रो राष्ट्रिय पहिचानको संरक्षण हो । बोर्डले सधैँ समावेशी र सशक्त चलचित्र उद्योग निर्माणका लागि प्रतिबद्ध भएर काम गरिरहेको छ ।’

यो पहलले स्थानीय भाषा, संस्कृति र समुदायका मौलिक कथा दस्तावेजीकरण गर्न सहयोग पुर्‍याउनुका साथै नयाँ पुस्ताका चलचित्रकर्मीलाई व्यावसायिक रूपमा सक्षम बनाउने अपेक्षा गरिएको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?