News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘लालिमा’को दोस्रो टिजर फागुन २९ बाट प्रदर्शनमा आउने भनिएको छ।
- टिजरमा प्रमुख अभिनेत्री रोशनी कार्की, सुष्मा निरौला, उषा रजक र जीवन भट्टराई फिचर्ड छन्।
- फिल्म यौनकर्मीको जीवनमा आधारित छ र लेखक निर्देशक रोशन मिराज हुन्।
काठमाडौं । फिल्म ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक भएको छ । ३ हजार यौनकर्मीको अनुभव र समस्यामा आधारित रहेर बनाइएको भनिएको फिल्मले फिल्मको कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ ।
टिजरमा फिल्मकी प्रमुख अभिनेत्री रोशनी कार्कीलाई चित्रण गरिएको छ । १ मिनेट लामो टिजरमा कलाकार सुष्मा निरौला, उषा रजक र जीवन भट्टराई फिचर्ड छन् ।
समस्यामा परेकी मुख्य पात्रलाई अन्य पात्रले सघाएको दृश्य टिजरमा देख्न सकिन्छ । कलाकार शिशिर वाङ्देल र सविन कट्टेललाई पनि प्रस्तुत गरिएको छ ।
यौनकर्मी पात्रको भूमिकामा रहेकी रोशनीको काखमा रहेको बच्चाले दर्शकको ध्यानलाई तान्न सक्छ । टिजरको सुरुवातमा यौनकर्मीको चरित्रमा देखिएकी रोशनीलाई अन्त्यतिर शिशुको साथमा शहर बाहिर पुगेको देख्न सकिन्छ ।
यी दृश्यले उनको चरित्रको उतारचढावमार्फत ३ हजार यौनकर्मीको जीवनको जटिलता फिल्ममा देखाइएको संकेत गर्छ । फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’को लेखक र निर्देशक रोशन मिराज हुन् ।
फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले वितरणको जिम्मेवारी लिएको छ ।
प्रतिक्रिया 4