+
+
Shares

तारकेश्वरमा घरभित्र पसेको चितुवाको उद्धार

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार वनको टोलीले डार्ट गरेर चितुवाको उद्धार गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते १८:४८

१० फागुन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा पसेको चितुवाको उद्धार गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार वनको टोलीले डार्ट गरेर चितुवाको उद्धार गरेको हो ।

आइतबार बिहान शहर परेको चितुवाको आक्रमणबाट दुई जना घाइते समेत भएका थिए ।

घाइते हुनेमा दुलाल महर्जन र मायानाथ वाग्ले रहेको एसपी भट्टराईले जानकारी दिए । स्थानीय अनोजमणि अधिकारीको घरमा चितुवा पसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?