News Summary
Generated by OK AI. Editorially reviewed.- एलेक्सिस म्याक एलिस्टरले इन्जुरी समयको सातौं मिनेटमा गोल गरेपछि लिभरपुलले नटिङहम फरेस्टमाथि १-० ले जित हासिल गरेको छ।
- लिभरपुलले २७ खेलमा ४५ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ भने नटिङहम २७ अंकसहित १७औं स्थानमा छ।
- भीएआर चेकपछि गोल कायम रहँदा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा ३ अंक प्राप्त गरेको छ।
१० फागुन, काठमाडौं । एलेक्सिस म्याक एलिस्टरले इन्जुरी समयको सातौं मिनेटमा गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङहम फरेस्टमाथि संघर्षपूर्ण जित निकालेको छ ।
आइतबार राति नटिङहमकै मैदानमा भएको खेलमा लिभरपुल १-० ले विजयी भएको हो । इन्जुरी समय पनि सकिनै लाग्दा म्याक एलिस्टरले गोल गरेका थिए ।
भीएआर चेक भएपश्चात् गोल कायम रहेको थियो र लिभरपुलले ३ अंक हासिल गर्न सफल भयो ।
जितपछि लिभरपुल २७ खेलमा ४५ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित नटिङहम २७ अंकसहित १७औं स्थानमा छ ।
आइतबार नै भएका अन्य खेलमा फुलहमले सन्डरल्यान्डलाई ३-१ गोलले पराजित गर्दा क्रिस्टल प्यालेसले वुल्भ्सलाई १-० ले हरायो ।
प्रतिक्रिया 4