११ फागुन, काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा बस दुर्घटना भएको छ ।
सोमबार दिउँसो कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नं.को ओखलढुङ्गे बस दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार, बस ब्रेक फेल भई सडकबाट अन्दाजी ३०/४० फिट तल खसेर दुर्घटना मा परेको हो ।
दुर्घटनामा परेर झन्डै एक दर्जन व्यक्ति घाइते भएको भएको प्रहरीले जनाएको छ ।
यद्यपि घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी खटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4