+
टी-२० विश्वकप २०२६ :

जिम्बाबेमाथि वेस्ट इन्डिजको फराकिलो जित

२०८२ फागुन  ११ गते २३:०२ २०८२ फागुन ११ गते २३:०२
जिम्बाबेमाथि वेस्ट इन्डिजको फराकिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा वेस्ट इन्डिजले जिम्बाबेमाथि १०७ रनको फराकिलो अन्तरले जित हासिल गरेको छ।
  • वेस्ट इन्डिजले २५४ रन बनाएको थियो भने जिम्बाबे १७.४ ओभरमा १४७ रनमा अलआउट भयो।
  • यो जितपछि वेस्ट इन्डिजले सुपर ८ को समूह १ मा २ अंक जोडेको छ र दक्षिण अफ्रिकासँग बराबरीमा छ।

११ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा वेस्ट इन्डिजले जिम्बाबेमाथि शानदार जित हासिल गरेको छ ।

सोमबार मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा वेस्ट इन्डिजले जिम्बाबेलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यो संस्करणको सबैभन्दा ठूलो जित हो भने वेस्ट इन्डिजका लागि टी-२०आईमा दोस्रो ठूलो जित हो ।

वेस्ट इन्डिजले दिएको २५५ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाबे १७.४ ओभरमा १४७ रनमा अलआउट भयो । ब्राड्ली इभान्सले अन्त्यतिर २१ बलमा ४३ रनको रोमाञ्चक पारी खेले । डियन मेयर्सले २८ तथा कप्तान सिकन्दर राजाले २७ रन बनाए ।

वेस्ट इन्डिजका गुडाकेश मोटीले ४ ओभरमा २८ रन दिएर ४ विकेट लिए । अकिल होसेनले ४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । म्याथ्यु फोर्डेले २ तथा जेसन होल्डरले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले शिम्रोन हेटमायर र रोभमन पावेलको आक्रामक अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर २५४ रनको विशाल योगफल बनाएको थियो ।

यो टी-२० विश्वकप इतिहासकै दोस्रो सर्वाधिक योगफल हो । सर्वाधिक योगफलको रेकर्ड श्रीलंकाको नाममा छ । श्रीलंकाले सन् २००७ को पहिलो विश्वकपमा नै केन्याविरुद्ध २६० रनको योगफल बनाएको थियो ।

वेस्ट इन्डिजका लागि हेटमायरले ३४ बलमा ८५ रनको आक्रामक पारी खेले । यसक्रममा उनले ७ चौका र ७ छक्का प्रहार गरे । पावेलले ३५ बलमा ४ चौका र ४ छक्कासहित ५९ रन बनाए । शेरफन रदरफोर्ड १३ बलमा ३१ रन बनाएर नटआउट रहे ।

जिम्बाबेका लागि रिचार्ड एङ्गर्भा र ब्लेसिङ मुजराबानीले २-२ विकेट लिए भने ब्राड्ली इभान्स र ग्रेम क्रेमरले १-१ विकेट लिए ।

जितपछि वेस्ट इन्डिजले सुपर ८ को समूह १ मा २ अंक जोडेको छ । यो समूहमा दक्षिण अफ्रिकाको पनि २ अंक छ । नेटरनरेटका आधारमा वेस्ट इन्डिज शीर्षमा छ ।

दक्षिण अफ्रिका र वेस्ट इन्डिज मात्र अब यस विश्वकपमा अपराजित टोलीका रूपमा छन् ।

जिम्बाबे क्रिकेट टी-२० विश्वकप २०२६ वेस्ट इन्डिज क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय